ग्लोबल आइएमई बैंकको १५ वटा शाखा कार्यालय बन्द, स्थिर सम्पत्ती बिक्री गर्दै

  • BFIS News
  • 2023 Aug Thu 18:26
ग्लोबल आइएमई बैंकको १५ वटा शाखा कार्यालय बन्द, स्थिर सम्पत्ती बिक्री गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ वटा शाखा कार्यालय पुर्ण रुपमा बन्द गरेको छ । साविक बैंक अफ काठमाण्डूका ८ वटा र ग्लोबल आइएमईका ७ वटा शाखा कार्यालय बन्द गरिएको हो ।

साविक बैंक अफ काठमाण्डूका तुल्सीपुर, टिकापुर, न्युरोड गेट, भालुवाङ, डडेलधुरा, धरान, घोराही र वीरगंज कार्यालय बन्द भएका हुन् । त्यस्तै ग्लोबल आइएमई बैंकका तुल्सीपुर, टिकापुर, खैरेनी, न्युरोड, डोगडाकेदार, सिराहा र तिनकुने शाखा बन्द भएका हुन् । बैंकले साविकका दुबै बैंकको शाखाहरु एकै स्थानामा भएको भन्दै एउटा बन्द गरेको हो ।

बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु बिक्रीका लागि सूचना आह्वान गरेको छ । उक्त शाखाहरु बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त हुने भएकाले खरिद गर्ने इच्छु संघ संस्थाहरुका लागि यो सूचना जारी गरेको हो । यो सूचना जारी भएको मितिले १५ दिन भित्रमा बैंकको केन्द्रिय कार्यालय कमलादीमा प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया