सन राइज फर्स्ट म्युचुअल फण्डले घोषणा गर्यो १६ प्रतिशत लाभांश, चार वर्षमा ८५ % प्रतिफल

  • BFIS News
  • 2023 Aug Fri 10:41
सन राइज फर्स्ट म्युचुअल फण्डले घोषणा गर्यो १६ प्रतिशत लाभांश, चार वर्षमा ८५ % प्रतिफल

काठमाडौं । सन राइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । फण्डले कर प्रयोजन सहित कुल १३ करोड ७६ लाख लाभांश दिने भएको हो । फण्डको आकार ८६ करोड रहेको छ । फण्डले विगतका वर्षमा यो भन्दा पनि राम्रो प्रतिफल दिएको थियो ।

बन्दमुखी सनराइज फर्स्ट म्युचुअल फण्डले २०७७/७८ मा ५० प्रतिशत नगद लाभांश दिएको थियो । गएको वर्ष १२ प्रतिशत दिएको फण्डले यस वर्ष १६ प्रतिशत दिदैछ । यस सँगै फण्डले ४ वर्षमा ८५ प्रतिशत लाभांश दिइसकेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार