Sanima Reliance

तेह्रथुम पावर कम्पनीको लक-इन अवधि साउन २७ गते समाप्त हुने

RBB
  • BFIS News
  • 2024 Jul Mon 09:24
तेह्रथुम पावर कम्पनीको लक-इन अवधि साउन २७ गते समाप्त हुने
Nepal Life

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक-इन अवधि साउन २७ गते समाप्त हुने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक-इन अवधि साउन २७ गते समाप्त हुन लागेको हो।  

कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २८ लाख कित्ता संस्थापक सेयर, स्थानीय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता र  कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक-इन अवधि सकिन लागेको हो ।

कम्पनीले २०७८ साउन ५ गतेदेखि साउन १९ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) का लागि आइपिओ निष्कासन गरेको थियो। उक्त आइपिओ २०७८ भदौ २५ गते बाँडफाँट गरिएको थियो ।   

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया