NIMB Header 2
Prabhu Mahalaxmi

समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गरिँदै

United Ajod
  • BFIS News
  • 2024 Jul 09 15:33
समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गरिँदै
IME LIFE

काठमाडौं । समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गरिने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सहकारीको गोदावरी–१४ ठैबस्थित गार्डेन मार्ट लिलामीमा बिक्री गरिने जनाएको हो।

Nepal Life
NIMB

सहकारीको एक रोपनी २ आना जग्गामा रहेको गार्डेन मार्टको संरचना, मार्टमा भएका सामान तथा सहकारीका फर्निचर र कम्प्युटर लिलामी बिक्रीमा राखिएको सूचनामा उल्लेख छ।

कार्यालयले लिलामी बिक्रीमा राखिएका सम्पत्तिको एकमुष्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ तोकेको छ।

सहकारीको उक्त सम्पत्ति सकार्न चाहने घरधनी, सहकारीका बचतकर्ता वा इच्छुकले ७ दिनभित्रमा गोप्य सिलबन्दी निवेदन बुझाउन सक्ने कार्यालयले सूचनामार्फत जनाएको छ।

कार्यालयका अनुसार लिलामी बिक्रीबाट उठेको रकम सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग गरिने छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया