NIMB Header 2
Prabhu Mahalaxmi

माछा पाल्ने बिराट एग्रीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

United Ajod
  • BFIS News
  • 2026 Sep 29 12:26
माछा पाल्ने बिराट एग्रीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
IME LIFE

काठमाडौं । कृषि तथा एक्वाकल्चर (मत्स्यपालन) क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ।

Nepal Life
NIMB

कम्पनीले भविष्यमा जारी गर्ने आईपीओका लागि आवश्यक संस्थागत परामर्श तथा बिक्री प्रबन्धकसम्बन्धी कार्य गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता दुई पक्षबीच सम्पन्न भएको कम्पनीले जनाएको छ।

सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले आफ्नो ‘IDEA to IPO’ सेवाअन्तर्गत बिराट एग्रीलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरणदेखि शेयर निष्काशनसम्म आवश्यक संस्थागत परामर्श उपलब्ध गराउनेछ।

मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत बिराट एग्रीले व्यावसायिक रूपमा एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ। कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमता रहेको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गर्दै आएको छ।

आईपीओबाट प्राप्त हुने पूँजीलाई कम्पनीले व्यवसाय विस्तार तथा पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ। विशेषगरी आधुनिक प्रविधिको प्रयोग गरी पाङ्गास माछा प्रशोधन, फिलेट तथा मूल्य अभिवृद्धि गरिएका माछाजन्य उत्पादन तयार गर्न ‘फिस प्रोसेसिङ तथा फिलेटिङ प्लान्ट’ स्थापना गर्ने लक्ष्य कम्पनीको छ।

त्यस्तै, पशुपंक्षीका लागि दैनिक १० टन क्षमताको नयाँ ‘पेलेट फिड प्लान्ट’ निर्माण गर्ने योजना पनि कम्पनीले अघि सारेको छ।

कम्पनीले ‘Farm to Market’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादनदेखि दाना उत्पादन, आधुनिक प्रशोधन, फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनसम्मका गतिविधिलाई एउटै एकीकृत व्यावसायिक चक्रमा जोड्ने दीर्घकालीन योजना बनाएको छ।

कम्पनीका अनुसार प्रस्तावित विस्तारले कृषि तथा एक्वाकल्चर क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न, रोजगारी सिर्जना गर्न तथा माछाजन्य उत्पादनको आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

आईपीओ निष्काशन भने प्रचलित कानुनी तथा नियामकीय प्रक्रिया पूरा गरेपछि हुनेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया