Sanima Reliance

नेशनल लाइफको नयाँ व्यवसाय ३४ प्रतिशतले बढ्यो, १८ जना अभिकर्ता करोपति क्लबमा पर्न सफल

RBB
  • BFIS News
  • 2024 Jul Wed 12:36
नेशनल लाइफको नयाँ व्यवसाय ३४ प्रतिशतले बढ्यो, १८ जना अभिकर्ता करोपति क्लबमा पर्न सफल
Nepal Life

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्ष २०८०/८१ मा १९ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले कुल बीमा शुल्क तर्फ १६.९८ प्रतितशतले सुधार गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले १६ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

नविकरण बीमा शुल्क आर्जन तर्फ पनि कम्पनीले १४ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्ष भन्दा १२.९१ प्रतिशतले सुधार गरेको हो । अघिल्लो वर्ष १२ अर्ब ५५ करोड थियो ।

नेशनल लाइफ सर्वाधिक धेरै प्रथम बीमा शुल्क आर्जनमा आक्रामक देखिएको छ । कम्पनीले समिक्षा अवधिमा ३०.४९ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाउन सफल भएको हो । कम्पनीले गत वर्ष ५ अर्ब ५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेको थियो । सम्भवता नेशनल लाइफ प्रथम बीमा शुल्क आर्जनको बृद्धिदरमा यस पटक सबैभन्दा अगाडी देखिने छ ।

यो उपलब्धी हासिल गर्ने सम्पुर्ण अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेस प्रसाद खत्रीले धन्यवाद दिएका छन् । उनले भने ‘जीवन बीमा अभिकर्तामा आधारित व्यवसाय हो । यो उहाँहरुले नै गरेको मिहिनेतको प्रतिफल हो ।’

यसका लागि कम्पनीले केहि रणनिति तय गर्ने र सोहि आधारमा अभिकर्ताले गरेको मिहिनेतकै कारणले यो उपलब्धी हासिल भएको उनको भनाइ छ । कम्पनीको बोनस बोनस धेरै राम्रो भएकै कारणले पनि बीमितको विश्वास बढेको सिइओ खत्रीले बताए । तुलनात्मक रुपमा नेशनल लाइफको बोनसदर अन्य जीवन बीमा कम्पनीहरुको भन्दा धेरै रहेको छ ।

कम्पनीमा अहिले १५ हजार ६८२ जना सक्रिय अभिकर्ता रहेका छन् । यति ठुलो सञ्जालले देशव्यापी रुपमा कम्पनीको उपस्थिति बढाएका छन् । उनिहरु मध्ये १८ जनाले एक्ला एक्लै एक करोड भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गरेका छन् । करोडपति क्लबमा पुग्ने अभिकर्ताका साथ साथै एमडिआरटीसम्मको उपलब्धी हासिल गर्ने अभिकर्ताको संख्या पनि कम छैन ।  

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया