NIMB Header 2
Nepal Life

नेपाल वायुसेवा निगमले तिर्‍यो जहाज खरिद गर्दा लिएको ४३ करोड ९ लाख ऋण

National Life
  • BFIS News
  • 2024 Jul 17 12:59
नेपाल वायुसेवा निगमले तिर्‍यो जहाज खरिद गर्दा लिएको ४३ करोड ९ लाख ऋण
Sanima Reliance

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदवापतको ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ ऋण तिरेको छ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी सो रकम भुक्तानी गरेको हो।

Shikhar
NIMB

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ असारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २ सय ४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ।

यस्तै विश्वव्यापी कोरोना भाइरसका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न दुई कोषलाई निगमले आग्रह पनि गरेको छ।

यसैगरी किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको छ।

May be an illustration of text

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया