NIMB Header 2
Nepal Life

लगातार तीन दिन उच्च मूल्यको रेकर्ड कायम गर्दै अघि बढेको सुनको मूल्य आज घट्यो

National Life
  • BFIS News
  • 2024 Jul 18 12:33
लगातार तीन दिन उच्च मूल्यको रेकर्ड कायम गर्दै अघि बढेको सुनको मूल्य आज घट्यो
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सोमबार, मंगलबार र बुधबार गरी लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गर्दै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने सामान्य घटेको हो।

Shikhar
NIMB

बुधबार सुनको भाउ तोलामा दुई हजार रूपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको थियो। यो मूल्य नै हालसम्मकै उच्च विन्दु हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले सुनको मूल्य घटेको हो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया