Nepal Life

आजदेखि सूर्योदय वोमी लघुवित्तको एफपिओ निष्कासन, कहिलेसम्म दिन सकिन्छ आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Jul 19 08:14
आजदेखि सूर्योदय वोमी लघुवित्तको एफपिओ निष्कासन, कहिलेसम्म दिन सकिन्छ आवेदन?
National Life

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले आजदेखि एफपिओ निष्कासन गर्दैछ। संस्थाले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपिओ सेयर निष्कासन गर्न लागेको हो।

Shikhar
NIMB

संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्‍याउनका लागि संस्थाले एफपिओ जारी गर्न लागेको हो।  

राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुन्छ।  

एफपिओको निष्कासन बन्द छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बैंकिङ समयपछि हुनेछ। एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया