Nepal Life

आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

NMB Bank
  • BFIS News
  • 2024 Jul 19 08:46
आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि सञ्चालक समितिको बैठक आज बिहान बस्ने तयारी छ। बैठक बिहान ८ बजेका लागि बोलाइएको बुझिएको छ।

Shikhar
NIMB

बैठकपछि मौद्रिक नीति आजै दिउँसोसम्म सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ।

मौद्रिक नीतिको मस्यौदालाई उच्च व्यवस्थापनले बिहीबार नै अन्तिम रूप दिइसकेको बताइएको छ। स्रोतका अनुसार यसपटक लचिलो मौद्रिक नीतिको मस्यौदा तयार भएको छ।

मौद्रिक नीति सेयर बजारसँग प्रत्यक्षसम्बन्धित भएकाले यसले बजारको आगामी दिशा तय गर्ने जानकार बताउँछन्।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया