NIMB Header 2
Nepal Life

एसिसी टी-२० महिला एसिया कपमा नेपालको ऐतिहासिक जित, युएई ६ विकेटले पराजित

National Life
  • BFIS News
  • 2024 Jul 19 17:51
एसिसी टी-२० महिला एसिया कपमा नेपालको ऐतिहासिक जित, युएई ६ विकेटले पराजित
Sanima Reliance

काठमाडौं । ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गरेपछि नेपालले एसिसी महिला एसिया कपको इतिहासमै पहिलो जित निकालेको छ। श्रीलंकाको दम्बुलामा नेपालले ऐतिहासिक जित निकाल्ने क्रममा युएईलाई ६ विकेटले पराजित गर्‍यो।

Shikhar
NIMB

युएईले दिएको ११६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १६ ओभर एक बलमा भेट्टायो। नेपालकी ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै अविजित ७२ रनको योगदान दिइन्। उनले ४५ बलमा ११ चौका प्रहार गरिन्। उनको यो करियरकै पहिलो अर्धशतकसमेत हो।

पुजा महतो ७ रनमा नटआउट रहिन्। यस्तै, सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन्। रुविना क्षेत्रीले १० रन बनाइन्।

त्यसअघि नेपालले टस जितेर युएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो। युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। युएईका लागि मध्यक्रमकी ब्याटर खुसी शर्माले सर्वाधिक ३६ रन जोडिन्।

नेपालका लागि कप्तान इन्दु वर्माले ३ विकेट लिइन्। कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १-१ विकेट हात पारे।

नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ। त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा भारतसँग खेल्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया