मानुषी लघुवित्तको 'लक–इन'मा रहेको सेयरको अवधि आगामी भदौ ७ गते समाप्त हुने
- BFIS News
- 2024 Jul Sun 08:18

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाको लक–इन अवधि आगामी भदौ ७ गते समाप्त हुने भएको छ। संस्थाले सूचना जारी गर्दै आगामी भदौ ७ गते संस्थापक सेयरधनी तथा कर्मचारीको लक-इनमा राखिएको सेयरको अवधि समाप्त हुन लागेको जनाएको हो।
संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।
संस्थाले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आइपिओ निष्कासन गरेको थियो। उक्त आइपिओ २०७८ भदौ ७ गते बाँडफाँट गरिएको थियो।
प्रतिक्रिया