NIMB Header 2
Nepal Life

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, प्राप्त गर्ने लगभग निश्चित

National Life
  • BFIS News
  • 2024 Jul 21 08:31
आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, प्राप्त गर्ने लगभग निश्चित
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज विश्वासको मत लिँदै छन्। विश्वासको मत हासिल गर्न प्रतिनिधिसभामा उनले कम्तीमा १३८ मत पाउनु पर्छ।

Shikhar
NIMB

असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

वर्तमान सरकारमा सहभागी दलहरूको अङ्कगणित अनुसार प्रधानमन्त्रीका पक्षमा सहज बहुमत छ। अहिले सरकारमा कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी छन्।

सरकारमा सामेल दलमध्ये कांग्रेसका ८८ सदस्य छन्। यस्तै एमालेका ७८ सदस्य छन्। जसमध्ये सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन्। सरकारमा सहभागी जसपाका सात र लोसपाका चार सदस्य छन्। दुई ठूला दलका मात्र १६५ सदस्य छन्।

सदनमा प्रतिनिधित्व गर्ने चार दलले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मतदानको निर्णय गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया