NIMB Header 2
Nepal Life

आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?

National Life
  • BFIS News
  • 2024 Jul 21 11:38
आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो। यो दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया