NIMB Header 2
Nepal Life

देशैभरी समस्याका चाङ छन्, अधिकांश क्षेत्रको मनोबल टुटेको छ : अर्थमन्त्री पौडेल

National Life
  • BFIS News
  • 2024 Jul 21 13:44
देशैभरी समस्याका चाङ छन्, अधिकांश क्षेत्रको मनोबल टुटेको छ : अर्थमन्त्री पौडेल
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशैभरी समस्याको चाङ भेटेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटमा मन्त्री पौडेलले सबै क्षेत्रको मनोबल टुटेको, धैर्यको बाँध फुटिसकेको, देशैभरी समस्याको चाङ भेटेको बताए। उनले यी समस्या समाधानका लागि आफूले काम गर्ने प्रतिवद्धता जनाए।

Shikhar
NIMB

स्रोत सीमितताको कारण सरकारले धेरै खर्च गर्न नसक्ने बताउँदै मन्त्री पौडेलले करको दर निकै संवेदनशील र सुझबुझपूर्वक मात्रै चलाउनु पर्ने विचार व्यक्त गरे।

यस्तै मन्त्री पौडेलले कोरोना बीमाको रकम भुक्तानी गर्न अर्थ मन्त्रालय छिट्टै निष्कर्षमा पुग्ने बताए। उनले निर्माण व्यवसायीको भुक्तानी पनि चाँडै गरिने विश्वास दिलाए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया