NIMB Header 2
Nepal Life

वर्तमान सरकारप्रतिको विश्वास र भरोसाकै कारण सेयर बजारमा हरियाली छाएको छ : प्रधानमन्त्री ओली

National Life
  • BFIS News
  • 2024 Jul 21 14:46
वर्तमान सरकारप्रतिको विश्वास र भरोसाकै कारण सेयर बजारमा हरियाली छाएको छ : प्रधानमन्त्री ओली
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार गठन भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले जनतामा आशा र उत्साहको सञ्चार गराई आर्थिक वृद्धिमा देशलाई अघि बढाउन वर्तमान सरकार बनेको बताए।

Shikhar
NIMB

देशप्रति आम जनताको भरोसा टुटेको डरलाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अहिलेको सरकारको आवश्यकता रहेको बताए।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘मलाई सबैभन्दा डर लागेको देशप्रति आम जनताको भरोसा टुटेको स्थिति छ। तिनको मनोबल नराम्ररी गिरेको अवस्था छ। देशमा व्याप्त यही गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो। यसमा सबै स्पष्ट हुनुभए हुन्छ।’’

ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरे। उनले भ्रष्टाचारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने विश्वास पनि दिलाए।

वर्तमान सरकारको आगमनसँगै सेयर बजारमा सकरात्मक आस जागेको ओलीले बताए। उनले सरकारप्रतिको विश्वास र आसकै कारण सरकार बन्ने चर्चादेखि नै सेयर बजारमा हरियाली छाएको बताए। २७ महिनायताकै उच्च बिन्दुमा सेयर बजार पुगेको बताउँदै प्रधानमन्त्री ओलीले ५० लाख बढी लगानीकर्ताको विश्वास वर्तमान सरकारमा रहेको उल्लेख गरे।

उनले अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने बताए। ‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार हो । अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ ।’

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया