NIMB Header 2
Nepal Life

देशलाई तीव्र आर्थिक वृद्धिमा लैजान वर्तमान सरकार गठन : प्रधानमन्त्री ओली

National Life
  • BFIS News
  • 2024 Jul 21 14:57
देशलाई तीव्र आर्थिक वृद्धिमा लैजान वर्तमान सरकार गठन : प्रधानमन्त्री ओली
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार गठन भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले जनतामा आशा र उत्साहको सञ्चार गराई आर्थिक वृद्धिमा देशलाई अघि बढाउन वर्तमान सरकार बनेको बताए।

Shikhar
NIMB

देशप्रति आम जनताको भरोसा टुटेको डरलाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अहिलेको सरकारको आवश्यकता रहेको बताए।

अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उनले तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको बताए। यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउने उनले बताए।

बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए।

उनले भने, ‘यसअघिको सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीच झैँ चाउरिएका छन्, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ।’

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया