Nepal Life

शिक्षा क्षेत्रमा नेपाल लाइफको लगानी, प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरीको स्वामित्व खरिद

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 21:31
शिक्षा क्षेत्रमा नेपाल लाइफको लगानी, प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरीको स्वामित्व खरिद
Sanima Reliance

काठमाडौं । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निणर्य गरेको छ ।

NIMB

आज मिति २०८१ साल साउन ०६ गते होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा यस कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले उक्त सम्भौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा रु ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा रु ६० करोड लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया