NIMB Header 2
Nepal Life

आफ्नो स्वामित्वमा रहेको सिआइटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक

National Life
  • BFIS News
  • 2024 Jul 22 08:02
आफ्नो स्वामित्वमा रहेको सिआइटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सिआइटी) को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। बैंकले आजदेखि ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो।

Shikhar
NIMB

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले आगामी साउन १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ।

बोलपत्र आवेदन काठमाडौंको बबरमहलस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया