Nepal Life

नविल बैंकको विद्युतीय ट्याक्सी कर्जा ‘इ-अटो लोन’ले कोभिड पछिको आर्थिक संकट टार्दै

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Jul Mon 11:23
नविल बैंकको विद्युतीय ट्याक्सी कर्जा ‘इ-अटो लोन’ले कोभिड पछिको आर्थिक संकट टार्दै
Sanima Reliance

काठमाडौं । कोभिड पछिको आर्थिक संकटले असर नपरेको कुनै क्षेत्र छैन । यहि कारण अहिले बैंकहरुको अधिकाम्स कर्जा विग्रिएका छन् । एकातिर कर्जा विग्रिरहेको छ भने अर्को तर्फ व्यवसायका नयाँ ढोकाहरु पनि खुलिरहेका छन् ।

NIMB

कोभिड १९ को समयमा सबैभन्दा ठुलो प्रभाव यातायात क्षेत्रमा पर्यो । पटक पटकको लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने बाध्यताले कयौ यातायात व्यवसायीहरु पलायन भए । महंगो डिजेल पेट्रोलका कारण उनिहरुले लागत धान्न सकेनन् ।

तर पछिल्लो समय नेपालमा इभि गाडिको प्रयोगमा क्रान्ति छाएको छ । सार्वजनिक यातायातदेखि लिएर निजी सवारी साधनहरु पनि विद्युतीय नै खरिद गर्ने ट्रेण्ड बसेको छ । यहि अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले २०८५ सम्ममा २० वर्ष पुराना ट्याक्सीलाई विस्थापित गरेर विद्युतीय ट्याक्सीलाई भित्र्याउने रणनीति बनाएको छ । नेपाल सरकारको यस्तो दीर्घकालिन रणनीतिलाई आत्मसाथ गर्दै नविल बैंकले विद्युतीय ट्याक्सीमा कम्तिमा २० प्रतिशत डाउन पेमेन्टमा अधिकतम ८० प्रतिशतसम्म कर्जा दिदै आएको छ ।

नविल बैंकले आधिकारिक बिक्रेता सँगको समन्वयमा ३७ लाख पर्ने विद्युतीय ट्याक्सीमा २९ लाख ५० हजारसम्मको कर्जा दिदै आएको छ । यस्तो कर्जा लिन कम्तिमा पनि एक वर्ष ट्याक्सी चलाएको अनुभव हुनु पर्नेछ । मूल्यका हिसावले पेट्रोलबाट चल्ने ट्याक्सीको भन्दा महंगो भए पनि यो धेरै इकनोमिक छ । जसले गर्दा विद्युतीय ट्याक्सीबाट हजारौ चालकहरु लाभांन्वित भइरहेका छन् । बैंकबाट विद्युतीय ट्याक्सी खरिदका लागि कर्जा लिने कुनै पनि ऋणीहरु दुखि छैनन् । अन्य क्षेत्रका ऋणीलाई सावा व्याज भुक्तानी गर्न धौ धौ परिरहेको सन्दर्भमा विद्युतीय ट्याक्सी चालकहरुले समयमै किस्ता भुक्तानी गरिरहेका छन् ।

विद्युतीय ट्याक्सीका लागि नविल बैंकबाट कर्जा लिएका दोलखाका कविराज श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् । जसले कोभिड १९ र त्यस पछिको आर्थिक मन्दीबाट ठुलो आर्थिक संकटको सामना गर्नु पर्यो । पेशाले ट्याक्सी चालक श्रेष्ठले पेट्रोलबाट चल्ने ट्याक्सी बिक्री गरिदिए । उनलाई पेट्रोलबाट चल्ने ट्याक्सी चलाउनै मन लागेन ।  

यतिकैमा टाटा कम्पनीले विद्युतीय ट्याक्सी बजारमा ल्यायो । उनको ध्यान विद्युतीय ट्याक्सी तर्फ मोडियो । तर हातमा पैसा थिएन । बैंकहरुमा कर्जाका लागि कुरा गरे । नेपालमा विद्युतीय ट्याक्सी भर्खर भर्खर आएकाले बैंकहरु कसरी फाइनान्सिङ गर्ने भनेर अलमलमा थिए । नेपालको बैंकिङ क्षेत्रमा एक कदम अगाडी नविल बैंकले विद्युतीय ट्याक्सीमा २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गर्ने प्रोडक्ट डिजाइन गर्यो ।

श्रेष्ठलाई ढुङ्गा खोज्दा देउता मिलेझै भयो । नविल बैंकमा तत्काल सम्पर्क गरे । कर्जाको विषयमा सबै कुरा बुझे । उनले २० प्रतिशत डाउन पेमेन्ट गरेर २९ लाख ५० हजार कर्जा लिए ।

विद्युतीय ट्याक्सीको कुल लागतको २० प्रतिशत अर्थात ७ लाख ५० हजार डाउन पेमेन्ट साथै नम्बर प्लेट र पास खर्च बापत थप ६ लाख सहित साढे १३ लाख आफैले जुटाए । पहिला नै ट्याक्सी बिक्री गरेर बसेका श्रेष्ठलाई साढे १३ लाख जोहो गर्न कुनै समस्या परेन ।

उनि आफुले मात्रै ट्याक्सी किनेन् आफ्ना साथि भाइहरुलाई पनि पुरानो ट्याक्सी बिक्री गराएर विद्युतीय ट्याक्सी खरिदका लागि सहजिकरण पनि गरिदिने गरेका छन् । २० वर्ष भन्दा पुरानो ट्याक्सीलाई नष्ट गरेर सोही नम्बर प्लेटबाट विद्युतीय ट्याक्सी खरिद तथा बैंकिङमा उनले गरेको सहयोगबाट अहिले धेरै ट्याक्सी लाभांन्वित भएका छन् ।

काठमाडौं उपत्यकामा दैनिक १०० किलोमिटर गुडाउदा कम्तिमा पनि ५ हजार आम्दानी हुने उनि बताउछन् । उनि भन्छन् ‘हामी विहान ट्याक्सी लिएर बाहिर निष्किए पछि कम्तिमा पनि ५ हजार कमाउनु पर्छ भन्ने लक्ष्य राख्छौ । यसले गर्दा कहिले काही ७ हजारसम्म पनि आम्दानी गर्न सक्छौ । तर आम्दानी ठ्याक्कै यति नै हुन्छ भन्ने हुँदैन ।’

अहिले पठाओ तथा इन्ड्राइभबाट ट्याक्सी चलाउदा प्रति किलोमिटर ७०/८० रुपैयाँ आम्दानी हुन्छ । यसरी हुने आम्दानी लगभग सत प्रतिशत बच्ने श्रेष्ठ बताउछन् । एक पटक फुल चार्ज गर्दा करिव एक सयदेखि १८० रुपैयाँसम्म खर्च हुन्छ । यसरी दिनमा २०० रुपैयाँ भन्दा कम खर्चमा ५/७ हजार कमाइ हुने उनको अनुभव छ । यहि हिसावले विद्युतीय ट्याक्सी चालकले मासिक कम्तिमा एक लाखदेखि एक लाख ६०/७० हजार रुपैयाँसम्मको आम्दानी गर्छन् ।

नयाँ गाडी भएको हुँदा तीन वर्षसम्म कम्पनीले सर्भिस चार्ज लिदैन । गाडीमा केहि सामान फेर्नु पर्यो भने केहि खर्च लाग्छ अन्यथा अरु केहि पनि खर्च हुँदैन । कम्पनीले ५ वर्षसम्म गाडी र व्याट्रीको वारेन्टी दिएको हुँदा अवको ५ वर्षसम्म अन्य ठुलो खर्च हुने सम्भावना धेरै कम रहेकाले उनि एकदमै खुसी छन् ।

यस्तै पेट्रोल गाडी चलाउदा प्रतिलिटर १२ देखि १५ लिटर पेट्रोल लाग्छ । नयाँमा प्रतिलिटर १५ किलोमिटर गुड्छ भने पुरानो हुँदै जादा प्रति लिटर १२ किलोमिटर गुड्न पनि धौ धौ पर्छ । यहि हिसावले दैनिक सय किलोमिटर गुड्यो भने कम्तिमा पनि १२ सय रुपैयाँदेखि १५ सय रुपैयाँ खर्च हुन्छ । एक महिनाको हिसाव गर्ने हो भने पेट्रोल मात्रै ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म पर्छ । यस बाहेक मोबिल फर्ने, सर्भिस गर्ने र पार्टहरुमा हुने खर्च पनि त्यत्तीकै हुन्छ । यस्तो खर्च औषतमा ४/५ हजार हुने श्रेष्ठ बताउछन् । पेट्रोल ट्याक्सी चलाउदा ५० हजार भन्दा माथि खर्च हुन्छ ।

जवकी विद्युतीय गाडी चालकले लगभग मासिक ५२ हजार रुपैयाँ किस्ता तिर्नु पर्छ । अहिलेको अवस्थामा किस्ता तिरेर पनि मासिक एक लाख भन्दा धेरै आम्दानी हुने ट्याक्सी चालक श्रेष्ठ बताउछन् । विद्युतीय ट्याक्सीमा ३ वर्षसम्म कुनै पनि खर्च नआउने भएकाले यस अवधिमा दिनरात काम गर्दा ट्याक्सी चालकले औषतमा पनि ५० लाख भन्दा धेरै आम्दानी गर्ने देखिन्छ । यस अवधिमा ट्याक्सी चालकले आफ्नो सम्पुर्ण लागत उठाएर ट्याक्सी आफ्नो बनाइसक्ने छन् । त्यस पछि आउने खर्चले खासै नोक्सान नहुने श्रेष्ठको विश्लेषण छ । उनि भन्छन् ‘पेट्रोलको पैसा तिर्ने पैसाले बैंकको किस्ता तिर्न पुगिरहेको छ ।’

पेट्रोल ट्याक्सी खरिद गर्दा २० देखि २२ लाख खर्च हुन्थ्यो । तर अहिले सरकारले पेट्रोल ट्याक्सीलाई प्रतिबन्ध लगाइसकेको हुँदा अव नयाँ ट्याक्सी खरिद गर्दा विद्युतीय ट्याक्सी नै खरिद गर्नु पर्ने निमय छ । सरकारले २०८५ सालसम्ममा २० वर्ष पुराना सबै पेट्रोल ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा कन्भर्ट गरिसक्ने नीति लिएको छ ।

बैंकले पहिलो पटक यस्तो कर्जाको अवधि ७ वर्ष राखेकोमा अहिले ६ वर्षको किस्तामा झारेको छ । श्रेष्ठले ७ वर्षसम्ममा कर्जा चुक्ता हुने गरि मासिक रुपमा सावा व्याज सहित ५२ हजार रुपैयाँ बुझाउछन् । उनले अहिलेसम्म कुनै पनि महिनामा किस्ता तिर्न नसकेको अवस्था छैन । हरेक अंग्रेजी महिनाको २० तारिख भित्रमा किस्ता बुझाइसक्छन् ।

बैंकले कर्जा प्रवाह गर्दा चालकको ऋणी खाता खोलिदिएको हुन्छ । चालकले हरेक महिना यहि खातामा पैसा जम्मा गरिदिए पछि स्वचालित रुपमा उक्त रकम काटिन्छ । श्रेष्ठले दैनिक रुपमा हुने आम्दानीलाई बचत खातामा जम्मा गर्छन् र यहि रकमलाई मोबाइल बैंकिङ मार्फत ऋण खातामा ट्रान्सफर गरिदिन्छन् । यसले गर्दा उनलाई कर्जा भुक्तानीका लागि बैंकसम्म पुग्नै पर्दैन ।

नविल बैंकको यस्तो कर्जाले आफ्नो जीवनमा आमुल परिवर्तन ल्याएको उनले बताए । उनि भन्छन् ‘नविल बैंकले हामी जस्ता ट्याक्सी चालकलाई आफैले कर्जा लिएर आफ्नै ट्याक्सी चलाउने अवसर प्रदान गरेको छ । मैले ट्याक्सीबाटै आम्दानी गरेर घरको समेत किस्ता तिरिरहेको छु ।’

काठमाडौंमा विगत १८ वर्षदेखि ट्याक्सी चलाउदै आएका टेक बहादुर थापा मगरले धेरै वर्ष पेट्रोल ट्याक्सी चलाए । उनको जीवनमा २०८० साल जेठ ११ गते ठुलो बज्रपात पर्यो । हिड्दा हिड्दै गाडीले हानेर देब्रे खुट्टा गुमाउनु पर्यो ।

ट्याक्सी चलाएरै जीवन चलाउनु पर्ने अवस्थाका थापाले जीवनमा अध्यारो मात्रै देखे । किनकी अव उनले सदाका लागि ड्राइभर पेशा छाड्नु पर्ने भयो । दुर्घटना पछि काटिएको खुट्टामा खाटा पर्न ७ महिना लाग्यो । बैशाखी टेकेर हिड्न त सकियो तर काम के गर्ने ? उनि उपाय खोजिरहेका थिए ।

उनले भर्खरै बजारमा आएका विद्युतीय ट्याक्सीका बारेमा बुझ्न थाले । विद्युतीय ट्याक्सी एउटा खुट्टा भए पनि सजिलै चलाउन सकिन्छ भन्ने कुरा थाहा पाए । त्यस पछि उनको हर्षको सिमा रहेन । विद्युतीय गाडीमा पेट्रोल गाडीको जस्तो खुट्टामा गियर, क्लज र ब्रेक छैन ।

छोरालाई विद्युतीय ट्याक्सीको कर्जा सम्बन्धी बुझ्न लगाए । उनि आफै बैंकको पुलचोक स्थित शाखा कार्यालयमा गएर बुझे ।

आफ्नै ट्याक्सी चलाएको वर्षौ अनुभव भएका थापा मगरले बैंकलाई विश्वास दिलाए । बैंक सँगको निरन्तरको छलफल पछि बैंकले उनको नामबाट भन्दा पनि छोराको नामबाट कर्जा झिक्न सुझाव दियो । त्यस पछि उनले पुरानो ट्याक्सी बेचिदिए । डाउन पेमेन्टका लागि नपुग अलि अलि रकम आफ्नो बचतबाट मिलाए ।

गाडी बिक्रेताले उनलाई विशेष सम्मान सहित ट्याक्सी ह्याण्डओभर गर्यो । उनि एउटा खुट्टा नभएकाहरु पनि ट्याक्सी चलाएर स्वरोजगार बन्न सक्छन् भनेर उदाहरणीय पात्र बनेका छन् । उनि विहान खाना खाएर साँझसम्म ट्याक्सी चलाउछन् । बेलुका उनका छोराले चलाउछन् ।

उनले ट्याक्सी चलाएको देखेर कयौ यात्रुहरु अचम्मित हुन्छन् । कतिपय यात्रुहरु उनलाई देखेर धेरै खुसी हुन्छन् । यात्रुहरुसँगको व्यवहारलाई सम्झिदै उनि भन्छन् ‘यस्तो अवस्थाका अन्य व्यक्तिहरु मागेर हिडिरहदा तपाईले यसरी आफैले ट्याक्सी चलाएर काम गरिरहनु भएको छ भन्दै मागेको भन्दा धेरै रकम दिएर जानुहुन्छ ।’

यदि नविल बैंकले विद्युतीय ट्याक्सी खरिदका लागि कर्जा नदिएको भए आफ्नो जीवन नै अन्धकार हुने उनि बताउछन् । विद्युतीय ट्याक्सी चलाए देखि उनको आम्दानीमा धेरै नै सुधार हुन थालेको छ । उनि दिनभरी ट्याक्सी चलाएर कम्तिमा पनि २५ सयदेखि ३ हजार रुपैयाँ कमाउछन् । छोरा उज्जलले बेलुका मासिक ३० हजारको एउटा टिप पाएका छन् । यस बाहेक पनि उनि रातभर ट्याक्सी चलाएर दैनिक २ हजार भन्दा धेरै कमाउछन् । यसरी बाबु छोरा मिलेर मासिक एक लाख ३० हजारदेखि एक ५० हजार रुपैयाँसम्म कमाउछन् ।

पेट्रोल गाडी चलाउदा उनि दैनिक ७०/८० किलोमिटर जति गुडाउथे । जसमा पेट्रोल खर्च ७/८ सय जति खर्च गरेर २५ सय तीन हजार आम्दानी हुथ्यो । अहिले पेट्रोलको ७/८ सय रुपैयाँ बचेको छ । यो रकमले उनलाई बैंकको किस्ता तिर्न पुगेको छ ।

उनले कर्जा लिएको पहिलो महिनामा व्याज मात्रै तिरे । त्यस पछिको महिनामा किस्ता तिरे । अव दोस्रो किस्ता तिर्ने तयारीमा छन् । उनले बैंकलाई मासिक ५३ हजार ८२ रुपैयाँ किस्ता तिर्नु पर्छ । यहि हिसावले कमाइ हुँदै गयो भने उनि कर्जाको अवधि भन्दा छिट्टै चुक्ता गर्ने सोचमा छन् । उनले भने ‘मैले यस भन्दा अगाडी पनि ट्याक्सी किन्दा लिएको कर्जा तोकिएको समय सिमा भन्दा धेरै अगाडी चुक्ता गरेको थिए । यस पटक पनि यहि हिसावले कमाइ हुँदै गएमा अझ छिट्टै तिरिसक्छु ।’

विद्युतीय ट्याक्सीमा तीन वर्षसम्मको ग्यारेन्टी रहने भएकाले यस अवधिसम्म कम्पनीले नै सर्भिस गरिदिन्छ । यसले गर्दा तीन वर्षसम्म ट्याक्सीको लागत उठाइसक्ने उनको योजना छ । यसरी तीन वर्षमा ट्याक्सीलाई पुर्ण रुपमा आफ्नो बनाएर त्यस पछिको आम्दानीले केहि गर्न सकिनेमा उनि विश्वस्थ छन् । आफुलाई यो अवस्थामा ल्याउन नविल बैंकले पुर्याएको योगदान प्रति उनि कृतज्ञ छन् । उनि भन्छन् ‘मलाई नविल बैंकले विश्वास गरेर दिएको कर्जाबाट मेरो जीवन नै फरिएको छ । अव म केहि पनि गर्न सक्दिन भन्ने अवस्थाको मान्छेलाई बैंकले गरेको सहयोगले ठुलो राहात मिलेको छ ।’

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया