Nepal Life

‘बीमा गर्नु पर्छ र गराउनु पर्छ’ भन्ने अभियानमा जुटेकी अनिता रानाभाट, नसक्नेको लागि बचत, लगानी र जोखिम बहन गर्ने साधन

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jul Mon 19:28
‘बीमा गर्नु पर्छ र गराउनु पर्छ’ भन्ने अभियानमा जुटेकी अनिता रानाभाट, नसक्नेको लागि बचत, लगानी र जोखिम बहन गर्ने साधन
Shikhar detail

काठमाडौं । ‘एक थुकी सुकी सय थुकी नदी’ यस कथनले सामुहिक कार्यको परिणामलाई इङ्गित गर्छ । बीमा अभिकर्ता पेशाका दुई वटा पाटा हुन्छन् । पहिलो पाटो स्वयं एक्लै व्यवसाय गर्ने र दोस्रो सामुहिक रुपमा व्यवसाय गर्ने । जसलाई बीमा कम्पनीहरुले ‘सिङ्गल कोड’ र ‘समुहबाट’ छुट्टाएका हुन्छन् । यस मध्ये एकदमै कमले मात्रै समुहलाई रोज्छन् र आफुलाई फैलाउछन् ।

NIMB

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ एजेन्सी म्यानेजर अनिता रानाभाट सिङ्गल कोडबाट भन्दा पनि सामुहिक व्यवसायमा बढि विश्वास गर्छिन् । तनहुँ मुल घर भए पनि हाल चितवनमा स्थायी बसोबास गर्ने अनिता रानाभाटको अभिकर्ता यात्रा अरुको भन्दा रोचक छ ।

उनि बीमाका लागि नेपालका जुनसुकै भुभागमा पुगेकी छिन् । खासमा नयाँ पोलिसी खोज्न भन्दा पनि महिला दिदि बहिनिहरुलाई बीमा अभिकर्ता बनाउन । सामाजिक सञ्जाल तथा फोन मार्फत सम्पर्कमा आउने जो सुकैलाई उनि बीमा अभिकर्ताका लागि प्रस्ताव गर्छिन् । यसरी सम्पर्कमा आउनेलाई अभिकर्ता मात्रै बनाउदिनन् बीमा गर्न र गराउन पनि सिकाउछिन् । यो नै उनको बीमा प्रतिको सबैभन्दा ठुलो समर्पण हो ।

उनको अभिकर्ताको यात्रा भने २०७१ सालतिरैबाट भएको थियो । तर त्यतिवेलाको तितो अनुभवले उनलाई अभिकर्ता पेशामा निरन्तर लाग्न मन लागेन । आफु बीमित खोजेर ल्याउने तर अर्को व्यक्तिले आफ्नो कोड मार्फत बीमा गराएर कम्पनीले दिने सेवा सुविधा आफै दिइदिए पछि उनलाई यो काम गर्नै मन लागेन । तर यस अवधिमा उनले बीमाको तालिम लिइन् र बीमाको बारेमा आधारभूत रुपमा धेरै कुराहरु जान्ने मौका भने पाइन् ।

यस क्रममा उनि अन्य विभिन्न पेशामा संलग्न भइन् । कामकै सिलसिलामा उनलाई तामाङ भाषा जान्ने मानिस चाहियो । उनको नजिकका साथि भाइमा तामाङ भाषा जान्ने खासै कोही थिएनन् । फेसबुकमा उनले तामाङ थर भएका साथि खोजिन् । सोहि क्रममा खोज्दै जादा ‘माइला तामाङ’ नाम भेट्टाइन् । फेसबुकमा साथि भए पनि उनको चिनजान भने थिएन । उनले फेसबुक मार्फत सम्पर्क गरिन् । आफ्नो कामको उद्देश्यका लागि उनले चावहिलमा भेटघाट गरिन् । सोहि भेटघाटका क्रममा उनले आफु बीमा अभिकर्ताको रुपमा काम गरिरहेको भन्दै रानाभाटलाई पनि काम गर्न अनुरोध गरे ।

उनि बीमा अभिकर्ताको विषयमा अनविज्ञ थिइनन् । जानेकै काम गर्ने भएकाले उनले ठिकै छ गरौ न त भनिन् । यसरी तामाङकै अनुरोधमा उनि साविक महालक्ष्मी लाइफमा २०७६ साल चैतमा अभिकर्ता बनिन् । यस पटक भने उनलाई बीमा क्षेत्रमा राम्रै रस पस्यो । बीमाकै लागि उनि देश दौडाहामा निस्किइन् । यस अवधिमा उनले ४ सय हारारीलाई बीमा गराइसकिन् भने यति नै हाराहारीमा अभिकर्ता पनि बनाइसकिन् ।

बीमाकै लागि होमिएकी रानाभाटले सुरुका वर्षमा आफुले बनाएको टिमका सबै साथिहरुले व्यवसाय पाउनु पर्छ भनेर एक जनाको मुनि अर्कोलाई जोड्दै गइन् । तर यसबाट उनले आर्थिक लाभ पाउन नसके पनि आफु मातहतका साथिहरुले गरेको प्रगतिबाट भने उनि खुसी छिन् ।  

‘बीमा गर्नु पर्छ र गराउनु पर्छ’ भन्ने अभियानमा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मै पुगिसकिन् । सामाजिक सञ्जाल उनका लागि बरदान बनेको छ । जसले पुर्व मेचीदेखि पश्चिम महाकालीका दिदि बहिनीलाई जोड्ने मौका पाएकी छिन् । बीमा बचत, लगानी र जोखिम बहन गर्ने साधन भएकाले यसलाई नेपाल अधिराज्यभर पुर्याउनु पर्ने उनको भनाइ छ ।

उनि बीमाका लागि जोड दिन्छिन् । कहिल्यै पनि ठुला ठुला बीमाङ्कका लागि बीमितलाई दवाव दिने नगरेको उनि बताउछिन् । क्षमता अनुसार सानै पोलिसी भए पनि बीमा गर्नु पर्ने उनको सुझाव छ । बीमा सम्पन्नशाली व्यक्तिका लागि भन्दा पनि निम्न आय वर्गका मानिसहरुका लागि बढि महत्वपुर्ण रहेको उनको विश्लेषण छ ।

यसरी बीमालाई अभियानका रुपमा अगाडी बढाएकी रानाभाट कम्पनीका २६ वटा भन्दा धेरै शाखामा पुगिसकिन् । त्यो पनि घुम्न होइन बीमा अभिकर्ता र बीमा पोलिसी सहित । आजका दिनमा उनका २६ वटा शाखामा आफैले बनाएका अभिकर्ता दिदि बहिनी छन् । त्यस्तै १५ वटा भन्दा धेरै शाखाबाट बीमा पोलिसी जारी गराएकी छिन् । बीमा अभिकर्ता बनाउदै गर्दा भेटिने बीमितलाई उनि उनिहरुकै पायक पर्ने शाखा कार्यालयबाटै पोलिसी जारी गरिदिन्छन् । ताकी उनिहरुलाई भोलिका दिनमा केहि साह्रो गाह्रो पर्यो भने सोहि शाखामा उपस्थित भएर आवश्यक काम गर्न सकियो ।

काठमाडौं आएको बेलामा काठमाडैकै शाखा र विराटनगर पुगेका बेलामा बिराटनगरकै शाखाबाट पोलिसी जारी गर्ने भएकाले उनको अधिकाम्स शाखा कार्यालयका कर्मचारी तथा शाखा प्रमुख सँग उनको राम्रो सम्बन्ध छ । उनको यस अभियानले सम्बन्धित शाखाहरुले अभिकर्ता र बीमित पाइरहेका छन् ।   

यसरी बीमाकै लागि देश दौडाहमा निष्किदा उनलाई सबैभन्दा धेरै खड्किने विषय तालिम हो । बीमा अभिकर्ता र बीमितलाई बुजाउने गरि तालिमहरु आयोजना गर्न नसकिएकोमा भने उनलाई दुख लाग्छ । उनका ३ सय भन्दा धेरै अभिकर्ताहरु मध्ये २ सय भन्दा धेरै महिला छन् । जुन ठाउँमा गएर उनि बीमा अभिकर्ता बनाउछिन् । त्यस ठाउँमै बसेर उनि बीमा पोलिसी जारी गर्न सक्ने बनाएर मात्रै फर्किन्छन् । स्थानीय निकाय तथा संघ संस्थाहरु सँग समन्वय गरेर हुन्छ कि कम्पनीकै उच्च पदस्थ व्यक्तिहरुलाई भनेर हुन्छ कि जसरी पनि बीमित र अभिकर्तालाई बीमाको बारेमा धेरै भन्दा धेरै ज्ञान दिलाउने र सक्षम बनाउने उनको अभियान हो ।

उनले बनाएका अभिकर्ताहरु मध्ये सबैभन्दा धेरै महिलाहरु नारायणघाट र ज्ञानश्वेर शाखामा छन् । उनि २०५५ सालतिर जमजुङ जिल्लामै शिक्षक पेशामा आवद्ध थिइन् । शिक्षक पेशा छाडेर उनि चितवन झरिन् । चितवनमा भने उनको प्रमुख पेशा कृषि बन्यो । कृषिमा पनि उदाहरणीय काम गरिन् । खेति किसानीमा पनि धेरै समस्या झेल्नु पर्यो । यतिकैमा उनको अभिकर्ता पेशामा आवद्धता रह्यो ।

एक घर एक पोलिसी अभियानका रुपमा उनले आफ्नो टोलमा ५७ जना महिला दिदिबहिनीहरुलाई अभिकर्ता बनाइसकिन् । अभिकर्ता बनाएर मात्रै नहुने भन्दै मनैबाट बीमा गराउन मन लगाउने खालको तालिमको असाध्यै खाचो रहेको उनि बताउछिन् । उनलाई अव यो पेशा धेरै प्यारो लागि सक्यो ।

उनको पेशाप्रति यति धेरै लगाव बढिसक्यो कि प्रभु महालक्ष्मी लाइफले हरेक महिनामा जारी गर्ने जुनसुकै टार्गेटलाई पुरा गर्छिन् । यसरी टार्गेट पुरा गर्ने क्रममा उनले धेरै वटा देश विदेशमा घुम्ने मौका पाइसकिन् । उनि भन्छिन् ‘बीमा क्षेत्रमा कमाउने पनि हो र रमाउने पनि हो ।’

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया