NIMB Header 2
Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिने

National Life
  • BFIS News
  • 2024 Jul 23 08:25
नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिने
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ। साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३६ औं वार्षिक साधारण सभा आगामी भदौ ७ गते बिहान साढे १० बजे काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाएको हो।

Shikhar
NIMB

सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया