Nepal Life

पाँचौ साधारण सभा बोलाएको श्रृजनशील लघुवित्तले यस्ता तोक्यो एजेण्डा

NMB Bank
  • BFIS News
  • 2024 Jul 23 08:41
पाँचौ साधारण सभा बोलाएको श्रृजनशील लघुवित्तले यस्ता तोक्यो एजेण्डा
National Life

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको गत साउन ४ गते बसेको बैठकले साउन ३२ गते विनायक होटल बर्दिवास महोत्तरीमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको हो।

Shikhar
NIMB

सभाले कुनै पनि लघुवित्तसँग एकआपसमा गाभ्ने/गाभिने हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाको शाखाहरू खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरूसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितीलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गरिनेछ।

सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सदस्यको निर्वाचन गर्ने र सञ्चालक समितिले पाउने बैठक भत्ता तथा दैनिक भ्रमण भत्ता थप निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया