NIMB Header 2
Nepal Life

साङ्ग्रिला होटलका संस्थापक तथा पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन

National Life
  • BFIS News
  • 2024 Jul 23 10:43
साङ्ग्रिला होटलका संस्थापक तथा पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन
Sanima Reliance

काठमाडौं । साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । होटल सङ्घ नेपालका पूर्वअध्यक्षसमेत रहेका पाण्डेको ग्राण्डी अस्पताल धापासी काठमाडौंमा उपचारको क्रममा सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

Shikhar
NIMB

उनी साङ्ग्रिलाका संस्थापक थिए। होटल सङ्घ नेपालले नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको निधनप्रति दुःख प्रकट गर्दै श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको छ । सङ्घले नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा पर्यटन व्यवसायी गुमाएको जनाएको छ ।

निजामती सेवा छोडेर होटल व्यवसाय गरेका पाण्डेले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टको सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा विशेष योगदान गरेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया