Nepal Life

साङ्ग्रिला होटलका संस्थापक तथा पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 10:43
साङ्ग्रिला होटलका संस्थापक तथा पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन
Sanima Reliance

काठमाडौं । साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । होटल सङ्घ नेपालका पूर्वअध्यक्षसमेत रहेका पाण्डेको ग्राण्डी अस्पताल धापासी काठमाडौंमा उपचारको क्रममा सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

NIMB

उनी साङ्ग्रिलाका संस्थापक थिए। होटल सङ्घ नेपालले नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको निधनप्रति दुःख प्रकट गर्दै श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको छ । सङ्घले नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा पर्यटन व्यवसायी गुमाएको जनाएको छ ।

निजामती सेवा छोडेर होटल व्यवसाय गरेका पाण्डेले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टको सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा विशेष योगदान गरेका थिए।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया