NIMB Header 2
Nepal Life

इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिने

National Life
  • BFIS News
  • 2024 Jul 23 10:51
इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिने
Sanima Reliance

काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिने सहमति जनाएको छ। अहिले छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकोमा यो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।

Shikhar
NIMB

यसबारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदारबीच पनि कुराकानी भएको थियो। मन्त्री भण्डारीसँगको शिष्टाचार भेटमा राजदूत गोदारले इजरायल नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको जानकारी समेत गराएका थिए।

भेटमा द्विपक्षीय श्रम सम्बन्ध साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने क्रममा भइरहेको छनोट प्रक्रियाबारे पनि छलफल भएको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया