NIMB Header 2
Nepal Life

भारतले बढायो नेपाललाई दिने अनुदान रकम, ११ अर्ब २० करोड रूपैयाँ दिने

National Life
  • BFIS News
  • 2024 Jul 23 16:53
भारतले बढायो नेपाललाई दिने अनुदान रकम, ११ अर्ब २० करोड रूपैयाँ दिने
Sanima Reliance

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान रकममा वृद्धि गरेको छ। भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट पेश गर्दै नेपाललाई दिँदै आएको अनुदान रकम वृद्धि गरिएको बताएकी हुन्।  अब आर्थिक वर्ष २०२४–२५ मा भारतले सात अर्ब भारू (११ अर्ब २० करोड रूपैयाँ) अनुदान सहयोग गर्ने भएको छ।

Shikhar
NIMB

गत आर्थिक वर्ष २०२३-२४ को तुलनामा नेपाललाई ५० करोड भारू (८० करोड नेपाली रूपैयाँ) बढी अनुदान दिइने भएको छ। गत आर्थिक वर्ष २०२३-२४ मा भारतले नेपाललाई ५ अर्ब ५० करोड भारू अनुदान दिने बजेटमा उल्लेख गरे पनि पछि संशोधित बजेटमा  १ अर्ब थप्दै ६ अर्ब ५० करोड भारू पुर्‍याइएको थियो।

भारतले सबैभन्दा धेरै अनुदान भुटानका लागि छुट्टाएको छ। भारत सरकारले भुटानलाई १० अर्ब ७८ करोड भारू (१७ अर्ब २४ करोड रूपैयाँ) अनुदान दिने भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया