Sanima Reliance

नेपाल लाइफबाट एक दशकदेखि लगातार ‘टप १० अभिकर्तामा’ पर्न सफल गणेश अधिकारी, परिवारका तीनै जना करोडपति क्लबमा

RBB
  • BFIS News
  • 2024 Jul Tue 19:48
नेपाल लाइफबाट एक दशकदेखि लगातार ‘टप १० अभिकर्तामा’ पर्न सफल गणेश अधिकारी, परिवारका तीनै जना करोडपति क्लबमा
Nepal Life

काठमाडौं । जीवन बीमामै आफुलाई व्यतित गर्दै आएका नेपाल लाइफका बरिष्ठ एजेन्सी म्यानेजर गणेश अधिकारी पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष हुन् । उनि अभिकर्ताको नेतृत्व मात्रै गर्दैनन् विगत एक दशकदेखि नेपाल लाइफमा सर्वाधिक जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ता समेत हुन् ।  

नेपाल लाइफका अभिकर्ता गणेश अधिकारी विगत एक दशकदेखि सर्वाधिक जीवन बीमा व्यवसाय भित्र्याउने टप १० भित्र पर्दै आएका छन् । उनि मात्रै होइन उनको श्रीमति तथा छोरा पनि सर्वाधिक बीमा व्यवसाय भित्र्याउनेमा पर्छन् । गत आर्थिक वर्ष २०८०/८१ मा अधिकारी सम्राट पदक प्राप्त गरेका छन् । यस्तो पदक पाउने नेपाल लाइफबाट समुह तर्फ १८ जना र व्यक्तिगत रुपमा १२ जना छन् ।

अधिकारीको श्रीमति हौसला अधिकारी र छोरा आलोक अधिकारी समृद्धि पाउन सफल भएका छन् । यसरी अधिकारीको परिवारका तीनै जना करोपति क्लबमा पर्न सफल भएका छन् । अधिकारीले सेल्फ कोड तर्फबाटै करोपतिको उपाधि जितेका हुन् ।

उनि विगत चार वर्षदेखि लगातार एमडिआरटी बन्दै आएका छन् । नेपाली बीमा बजारको विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफको विराटनगर शाखामा कार्यरत अधिकारी मिलियन डलर राउण्ड टेबल अन्तर्गत सन् २०२४ कालागि समेत छनोट भएका थिए ।

नेपाल लाइफले अभिकर्ताहरुलाई प्रोत्साहित गर्न एमडिआरटीको प्रावधानको सुरुवात गरेको वर्षदेखि नै अधिकारी एमडीआरटीका लागि योग्य हुँदै आएका छन् । नेपाल लाइफमा सर्वाधिक बीमा व्यवसाय भित्र्याउने पुर्वी नेपालका खम्बा अधिकारीले आफ्नो मात्रै नभइ उनको दुई छोरा तथा श्रीमति पनि गएका वर्षमा एमडिआरटी तथा सिओटीका लागि योग्य भइसकेका छन् ।

पेशाले शिक्षक अधिकारीको परिवारले स्कुल तथा कलेज पनि सञ्चालन गर्दै आइरहेको छ । जीवनमा सफलता पाउन सबैभन्दा ठुलो हात परिवारकै हुन्छ । अधिकारीलाई पनि उनको श्रीमति हौसलाको ठुलो साथ र सहयोग रहेको छ । अधिकारी सरकारी शिक्षक हुन् भने उनको श्रीमतिले विराटनगरमा एउटा निजीस्तरको स्कुल र क्याम्पस सञ्चालन गर्दै आइरहेकी छिन् । अधिकारीको हरेक आटलाई साथ दिदै आएकी हौसला शिक्षक तथा स्कुल कलेजको व्यवस्थापनको अतिरिक्त अभिकर्ताको काम गर्छिन् । हाल विदेशमा रहेका करण अधिकारी एमडिआरटीका साथै सिओटी बन्न सफल भइसकेका छन् । कृषि विज्ञानमा स्नातक गरेका करुण अध्ययनका लागि विदेशमा छन् । अर्का छोरा आलोक भने बिएफआइएम पुरा गरिसकेका छन् ।

शिक्षा क्षेत्रमा उनले जति समय व्यतित गरेका छन् त्यति नै समय नेपालको बीमा क्षेत्रको विकासमा पनि योगदान पुर्याइसकेका छन् । खोटाङ जिल्लाको ज्यामिरे ९ मा जन्मेका उनले जीवनको लामो समय शिक्षण पेशामा विताए । शिक्षण पेशामै रहेको बेला उनले वि.स. २०५४ सालमा बीमाको खासै जानकारी नहुँदा नहुँदै पनि जीवन बीमा गराए । तर इटहरी घुम्न जादा उनले विराटनगरमा अभिकर्ताको तालिम भइरहेको थाहा पाए । नेपाल बीमा प्राधिकरणले २०५८ सालमा दिएको उक्त तालिममा सहभागी भए पछि भने उनले बल्ल बीमाको बारेमा समान्य जानकारी प्राप्त गरे ।

अभिकर्ता तालिम प्राप्त गरे पछि कुनै एउटा कम्पनी छनोट गर्नु पर्ने थियो । उनले तत्कालिन समयमा रहेका ५ वटा कम्पनीको बारेमा बुझे । त्यस समयमा नेपाल लाइफ नयाँ तर राम्रो कम्पनी हो भन्ने लाग्यो । यसरी शिक्षण पेशा सँग सँगै उनको अभिकर्ता यात्रा सुरु भयो । सोलु, खोटाङ, संखुवासभा लागयतका जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएका उनले पछिल्लो समय विराटनगरमा आफुलाई केन्द्रित गरेका छन् । उनि आफु मात्रै अभिकर्ता पेशामा होमिएका छनन् उनले आफ्नो टिमलाई पनि शशक्त बनाएका छन् । हाल उनको टिममा खोटाङबाट ८० जना, सोलुबाट ५५ जना र विराटनगर सहित ४ सय हाराहारीमा अभिकर्ताको नेटवर्क रहेको छ । यो नै उनको सामुहिक शक्ति हो । अभिकर्ता पेशामा आफुले मात्रै काम गर्ने भन्दा पनि आफ्नो मातहतमा अभिकर्ताको सञ्जाल निर्माण गरेर उक्त सञ्जाललाई व्यवस्थापन गर्नु राम्रो मानिन्छ ।

उनले जीवन बीमा व्यवसायका क्रममा नेपाल लाइफले ल्याएका अहिलेसम्मका कुनै पनि स्किम पुरा नगरेको र पदक प्राप्त नगरेको रेकर्ड छैन । उनि भन्छन् ‘मैले नेपाल लाइफका सम्पुर्ण अवार्डदेखि लिएर स्किम जितिसकेको छु ।’ यसै क्रममा उनिले टार्गेट पुरा कयौ देशमा घुम्मे अवसर प्राप्त गरिसकेका छन् । 

अहिलेको आर्थिक मन्दिमा पनि जीवन बीमा गराउनु निकै चुनौतीपुर्ण छ । लाखौ अभिकर्ताको नेतृत्व गर्दै आएका अधिकारीले यस पटक हजारौ अभिकर्ताको एजेन्सी म्यानेजर नविकरणमा ठुलो भुमिका खले । अहिलेको चरम आर्थिक मन्दीको समयमा अभिकर्तालाई प्रोत्साहन गर्नका लागि उनले लिएको कदमले गर्दा नेपाल लाइफले नै यस वर्ष सर्वाधिक धेरै व्यवसाय भित्र्याउन सफल भएको छ ।

उनि अहिले पनि जहाँ बीमा पोलिसीका लागि पुग्छन् कहिले पनि खालि हात फर्किदैनन् । उनको हरेक मानिसलाई मनाउन सक्ने जादुमयी क्षमताले यो अवस्थासम्म ल्याइ पुर्याएको हो । उनि कसैलाई पनि ‘म सँग बीमा गर्नु पर्यो’ भनेर प्रस्ताव गर्दैनन् । जीवन बीमाको बारेमा राम्रो सँग बुझाउछन् अनि नेपाल लाइफमै बीमा गर्न सुझाउछन् । नेपालको लाइफको बोनसदेखि लिएर सेवा सुविधा धेरै नै राम्रो भएको हुँदा बरु म सँग बीमा नगर्नु तर नेपाल लाइफमै बीमा गर्नु भनेर सल्लाह दिन्छन् ।

एक पटक भेटिसकेका र कुरा सुनिसकेका मानिसले आफ्नो मात्रै होइन आफ्ना परिवारका अन्य सदश्यको पनि बीमा गराउन सुझाउने गर्छन् । अहिले अधिकाम्स बीमितले घरमै बोलाएर बीमाको बारेमा बुझ्ने तथा पोलिसी खरिद गर्ने गरेका छन् । यो नै उनको बिक्रीकला हो । जसले उनलाई नेपाल लाइफको पुर्वी खम्बाको रुपमा स्थापित गरिदिएको छ ।

सहयोगी भावनाका अधिकारी विभिन्न संघ संस्थामा पनि उत्तीकै सक्रिय छन् । लाइन्स क्लबको प्रोटोकलमा बीमा हेर्ने विभाग उनकै जिम्मेवारी भित्र पर्छ । यसरी विभिन्न संघ संस्थाको पनि उनलाई ठुलो साथ र सहयोग पुगेको छ । अधिकारीले एकै दिनमा एक करोड ५० लाख रुपैयाँको बीमा पोलिसी बिक्री गरेर राष्ट्रिय रेकर्ड बनाइसकेका छन् । पछिल्ला दिनमा बीमाको बारेमा बुझ्नेको संख्यामा पनि क्रमिक रुपमा बृद्धि भइरहेको उनि बताउछन् । अभिकर्ताले आफ्नो बारेमा भन्दा पनि कम्पनीको र पोलिसीको बारेमा राम्रो सँग बुझाएर बीमितलाई आकर्षित गर्नु पर्ने उनको भनाइ छ ।

नेपाल लाइफका गणेश अधिकारी लगातार चौथो पटक एमडिआरटी बन्न सफल, एक पछि अर्को नयाँ रेकर्ड बनाउदै

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया