Nepal Life

कामना सेवा विकास बैंकको खुद नाफामा झण्डै ६७ प्रतिशतले वृद्धि, अन्य वित्तीय विवरण पनि सकारात्मक

NMB Bank
  • BFIS News
  • 2024 Jul 24 08:13
कामना सेवा विकास बैंकको खुद नाफामा झण्डै ६७ प्रतिशतले वृद्धि, अन्य वित्तीय विवरण पनि सकारात्मक
National Life

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा बैंकले ६६.९३ प्रतिशत अर्थात ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Shikhar
NIMB

नाफाका साथै बैंकको खुद ब्याज आम्दानीसमेत बढेको छ। बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।  

बैंकको खुद शुल्क र कमिशन आम्दानी पनि बढेको छ। खुद शुल्क र कमिशन आम्दानी बढेर २६ करोड ९२ लाख, खुद सञ्चालन आम्दानी २१.२९ प्रतिशतले बढेर २ अर्ब १८ करोड, रिटेन्ड अर्निङ ३५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

रिजर्भका आकार १ अर्ब ४० करोड रुपैयाँबाट बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

बैंकले ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप संकलन अघिल्लो आवको तुलनामा १०.४६ प्रतिशत र कर्जा प्रवाह ४.८८ प्रतिशतले बढी हो।  

अघिल्लो आवमा ५२ करोड २६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्टाएको बैंकले पछिल्लो आर्थिक वर्षमा भने ३० करोड ४० लाख रुपैयाँ छुट्टाएको थियो।  

बैंकको खराब कर्जा अनुपात ३.२१ प्रतिशतले बढेको छ। त्यसअघिको आवको चौथौ त्रैमाससम्म यो ३.०९ प्रतिशत रहेको थियो।

वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि भएको देखिएको छ। वितरणयोग्य मुनाफा ५ करोड २७ लाखबाट बढेर ३५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

बैंकको इपिएसमा सुधार आएको छ। इपिएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा र तरलता अनुपात २४.६९ प्रतिशत कायम भएको छ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया