मर्मतका लागि पोखरा लगिँदै थियो दुर्घटनामा परेको विमान, मृतक सबै सौर्यकै प्राविधिक
- BFIS News
- 2024 Jul 24 12:52
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज मर्मतका लागि पोखरा लग्न लागेको खुलेको छ। पोखरामा ह्याङ्गरमा राखेर इन्जिनको पूर्ण मर्मतका लागि पोखरा लगिँदै थियो।
९ एन–एएमई जहाजमा १९ जना सवार रहेका थिए। जसमध्ये १५ जनाको मृत्यु भएको छ भने पाइलटसहित अन्यको उद्धार गरी अस्पताल लगिएको छ। उनीहरुको अवस्था पनि गम्भीर रहेको बुझिएको छ।
मृतक र घाइते सौर्यकै प्राविधिक रहेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया