Nepal Life

नेपाल टेलिकमले ल्यायो सिडिएमए फिक्स्ड फोन प्रयोगकर्ताहरूका लागि आकर्षक अफर

Muktinath Bank
  • BFIS News
  • 2023 Aug Fri 05:26
नेपाल टेलिकमले ल्यायो सिडिएमए फिक्स्ड फोन प्रयोगकर्ताहरूका लागि आकर्षक अफर
RBB

काठमाडौं । दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सिडिएमए लगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरू सबै जिएसएम अन्तर्गतको एलटिइ प्रविधिमा एकीकृत हुँदै आएका छन्।

NIMB

यस कारण विश्वव्यापी रुपमै सिडिएमए सेवाका प्रयोगकर्ताहरू घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ।

प्रविधिको विकासक्रम अनुसार विश्वव्यापी रुपमा फोरजी/एलटिइको प्रयोग बढ्दै गएको र सिडिएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमी आइरहेको अवस्था छ। 

नेपाल टेलिकमले प्रदान गरेको सिडिएमए सेवाका ग्राहकहरू समेत फोरजी/एलटिइमा आकर्षित हुँदै गएका र कम्पनीले पनि त्यसै अनुसार कभरेज र सेवा समेत विस्तार गरिरहेको छ।

पछिल्लो समयमा कम्पनीले सिडिएमए सेवालाई बन्द गर्ने र ती ग्राहकलाई जिएसएममा रुपान्तरण हुँदा आकर्षक प्याकेज उपलब्ध गराउने व्यवस्था गर्दै आएको छ।

यसै सन्दर्भमा नेपाल टेलिकमले सिडिएमए फिक्स्ड फोन अर्थात् सी–फोन प्रयोगकर्ताहरूलाई फोरजी÷एलटिई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ। 

सो प्याकेज आगामी भदौ १ गतेदेखि लागु हुने कम्पनीको भनाइ छ। 

सिडिएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरूले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नेछन्। ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधा समेत उपलब्ध गराइनेछ।

सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रुपमा ५ एमबिपिएस गतिसम्मको १० जिबी डाटा उपलब्ध हुनेछ। 

सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि  ५ हजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १० हजार ४९९ रुपैयाँ हुनेछ। 

त्यसैगरी, यसको महसुल अर्धवार्षिक अवधिका लागि ४ हजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि ९ हजार ४९९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिक रुपमा १० एमबिपिएस गति सम्मको १५ जिबी डाटा उपलब्ध हुनेछ। 

सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६ हजार ४९९ रुपैयाँ तोकिएको छ। 

त्यसैगरी, यसको महसुल अर्धवार्षिक अवधिका लागि ७ हजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १५ हजार ४९९ रुपैयाँ हुनेछ।

यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी÷एलटिइ सिपिइ समेत उपलब्ध गराइने छ। 

नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुनेछ। 

यसरी, उपलब्ध हुने १० जिबी वा १५ जिबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि ५० रुपैयाँमा २४ घण्टा समयावधिसम्म चलाउन मिल्ने १० जिबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुनेछ।

टेलिकमले पहिले देखि नै सिडिएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जिएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा 'सिडिएमए माइग्रेसन प्याकेज' उपलब्ध गराइरहेको छ। 

यदी सिडिएमए फिक्स्ड फोन प्रयोगकर्ताहरूले माथिको प्याकेज लिन नचाहेमा सोही अनुसारको सिडिएमए माइग्रेसन प्याकेज लिन सकिनेछ। यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ४ जिबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ।

त्यसैगरी, पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ–नेट भ्वाइस कल गर्न, ६ जिबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ।

प्रविधिको विकाससँगै नयाँ प्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्ने विश्वव्यापी लहरलाई पछ्याउँदै कम्पनी पनि पुरानो प्रविधिलाई नयाँ प्रविधिले प्रतिस्थापन गर्दै भरपर्दो तथा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन कटिबद्ध रहेको छ।

यस अनुसार टेलिकमले गत २०८० असार मसान्तदेखि लागु हुने गरी कम्पनीद्वारा सञ्चालित सिडिएमए सेवा बन्द गरेको बताइएको छ। 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार