Nepal Life

शेयर बजारले सर्वाधिक उचाइ चुमेको दुई वर्ष पुरा, पाँचौ बुलको सुरुवात कहिले होला ?

Global Ime detail Page
  • पुरुषोत्तम सुवेदी
  • 2023 Aug Sat 15:55
शेयर बजारले सर्वाधिक उचाइ चुमेको दुई वर्ष पुरा, पाँचौ बुलको सुरुवात कहिले होला ?
Sanima Reliance

काठमाडौं । नेपालको शेयर बजारले सर्वाधिक उचाइ चुमेको आज दुई वर्ष पुरा भयो । २०७८ भदौ २ गते नेप्से सूचक ३२९९ अंक कायम भएर बन्द भएको थियो । भदौ २ गते पछि लगातार घटेको शयर बजार १८०७ अंकसम्म तल झर्यो । नेपालको शेयर बजारको इतिहास केलाउने हो भने अहिलेसम्म ठुला ठुला ४ वटा बुल र्याली पुरा भइसकेको छ ।

NIMB

लगानीकर्ताले जति सुकै जोड बल गरे पनि शेयर बजार सुरुवातिदेखिदेखिनै एउटा ट्रेण्डमा सञ्चालन हुने गरेको छ । विश्व अर्थतन्त्रलाई हेर्ने हो भने हरेक ८ बर्षमा एउटा साइकल पुरा हुन्छ । जस्तै सन् २००८ को आर्थिक बन्दी २०१६ मा दोहोरियो । यहि अनुपातमा अहिलेको अवस्थामा विश्वको अर्थतन्त्रमा मन्दी छाइरहेको छ । यो क्रम सन् २०२४ सम्म पुग्ने विश्लेषण गरिएको छ । यस्तै गरी नेपालको शेयर बजारमा पनि हरेक ८ वर्षको साइकल बन्ने गरेको छ ।

नेपालको बुलिस र्याली

नेपाल स्टक एक्सचेन्जको स्थापना २०५० सालमा भए पछि मात्रै शेयर खरिद बिक्री सुरुवात भएको पाइन्छ । यसरी नेप्सेले शेयर कारोबार सुरुवात गरेको ६ वर्ष पछि अधिकतम विन्दु चुम्यो । यस अवधिमा नेप्से सूचक ३८० अंक भन्दा माथि पुग्यो । यो २०५६ सालको कुरा हो । यो अवधिमा नेपालले गार्मेन्ट उद्योगबाट ठुलो रकम विदेशबाट भित्र्याउथ्यो । गार्मेन्टको पैसा शेयर बजारमा आउदा नेप्से सूचक अधिक विन्दुमा पुगेको थियो ।

नेप्से सूचक २०५७ पछि लगातार घट्यो । माओवादीको युद्धले अर्थतन्त्र धरासायी बन्यो । २०६१ सम्म नेप्से सूचक दुई सयदेखि तीन समयको विचमा रह्यो । माओवादी शान्ति प्रकृयाँमा आए सँगै शेयर बजारमा लगातार सुधार देखियो । त्यसैले २०५७ देखि २०६२ सम्म शेयर बजार साइकल भन्दा पनि द्धन्दबाट प्रभावित भयो ।

माओवादीको युद्ध कालमा विभिन्न पक्षले लुटेका पैसा घरजग्गा र शेयर बजारमा आयो । यसले शेयर बजारलाई अस्वभाविक रुपमा बढाउन मद्दत गर्यो । यस्तो पैसाले २०६५ सालसम्ममा ९ सय अंक भन्दा माथिको रेकर्ड बनायो । यस अवधिमा शेयर बजारमा ६ सय अंक भन्दा माथिले बढ्यो ।

लोकतन्त्र स्थापना सँगै माओवादीले बहुमत ल्यायो । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारमा डा. बाबुराम भट्टराइ अर्थमन्त्री भए । उनले शेयर बजारलाई जुवाघरको संज्ञा दिए । उनले शेयर बजारलाई नकारात्मक रुपमा जुवाघर भने पछि शेयर बजारमा ठुलो पहिलो गयो । २०६५ सालदेखि २०६७ सालसम्ममा नेप्से सूचक ९ सय अंक भन्दा माथिबाट तीन सय अंक भन्दा तल झर्यो ।

गएको २०६५ सालको दोस्रो बुल पछिको शेयर बजारलाई विश्लेषण गर्ने हो भने ८ वर्षमा एउटा साइकल पुरा भएको देखिन्छ । एउटा बुल र अर्को बुल बिच दोब्बरले बृद्धि हुने गरेकाले यसको यात्रा निकै कठिन पनि छ । ८ वर्षमा अर्थतन्त्रका आयाममा धेरै परिवर्तन आउने भएकाले एउटा बुलमा रहेका अधिकाम्स लगानीकर्ता अर्को बुलमा हुँदैनन ।

पहिलो बुलमा गार्मेन्ट व्यवसायी थिए । दोस्रो बुलमा जनयुद्धमा लुटिएका र लुकाइएको कालोधनले ठुलो काम गर्यो । तेस्रो बुल भुकम्प पछिको मौलाएको अर्थतन्त्र थियो । भुकम्प पछि नेपालमा ठुला ठुला अनुदानका रकम भित्रिए । सँग सँगै बैंकहरुले भुकम्पको त्रासमा कर्जा प्रवाह गर्न नसक्दा तरलता प्रयाप्त थियो । नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको पूँजी बृद्धि योजनाले शेयर बजारलाई गति दियो । अन्तत चौथो बुल १८८१ अंकमा टुङ्गियो ।

भुकम्प पछि पुनर्निर्माणले गति लियो । बैंकहरुले पुनर्निर्माणका क्षेत्रमा ठुलो कर्जा प्रवाह गरे । जलविद्युत आयोजना निर्माणमा ठुलो रकम लगानी भयो । यसले गर्दा बैंकिङ प्रणालीमा तरलता अभाव भयो । यो अवधिमा अर्थमन्त्री डा. युवराज खतिवडा शेयर बजारका बाधक अर्थमन्त्रीका रुपमा कहलिए ।

यसरी २०७४ सालदेखि शेयर बजारमा लगातार गिरावट आउने क्रम २०७८ सम्म चल्यो । यो बुल पहिलाको बुलिस र्याली भन्दा छोटो रह्यो । यसलाई कोभिड १९ ले छोट्याउने काम गर्यो । लगानीकर्ताले अपेक्षा गरेको भन्द तिव्र गतिमा शेयर बजारमा सुधार देखियो । कोभिड १९ नियन्त्रणका लागि सरकारले लकडाउन गर्यो । होटल, पर्यटन, वैदेशिक आयात निर्यातमा संलग्न व्यवासायी शेयर बजारमा प्रवेश गरे । उनिहरुले आफ्नो सम्पुर्ण निक्षेप बजारमा लगानी गरे । सँग सँगै कोभिड १९ का कारण कर्जा प्रवाह ठप्प भयो । यहि मौकामा बैंकहरुले पनि शेयरधितो कर्जामा जोड दिए । यसले गर्दा यस पटकको बुलिस र्याली ४ वर्षले छोट्टियो र २०७८ भदौ २ गते नेप्से सूचक सर्वाधिक धेरै ३२९९ अंकमा रोकियो ।

यस पछि कोभिड १९ नियन्त्रणमा आउन थाल्यो । बैंकहरुले कर्जा प्रवाह गर्न थाले । तर कोभिड १९ ले थिलिएको अर्थतन्त्रमा मन्दी छायो । बैंकहरुको कर्जा उठ्न छाड्यो । व्याजदर ह्वात्तै बढ्यो । बैंकिङ प्रणाली बैंकहरुले सोचेअनुरुप सञ्चालन हुन सकेन । यसले गर्दा बजार अधिकतम विन्दुबाट एकै वर्षमा १८०७ अंकमा झर्यो । पछिलो एक वर्षको शेयर बजारको मुभमेन्ट हेर्दा यो नै पछिल्लो वियरिस ट्रेण्डले तल्लो विन्दु हो । बजार यति तल झर्नुमा अर्थतन्त्रका सूचकहरु सबैभन्दा बढि कारक हुन् । वैदेशिक मुद्राको सञ्चितीमा आएको गिरावट, अर्थतन्त्रमा देखिएको रिसेसनलाई नियन्त्रण गर्न सरकारले आयातलाई निरुत्साहित पार्यो । जसको प्रत्यक्ष असर सरकारको राजश्व संकलनमा देखियो । तर सरकारले लिएको यस्तो नीतिले अर्थतन्त्र ट्र्याकमा आएको छ । अव आर्थिक गतिविधि कसरी अगाडी बढ्छ भन्ने कुराले मात्रै शेयर बजारको गतिलाई निर्धाण गर्छ ।

काठमाडौंका अधिकाम्स व्यापारिक स्टलहरुमा सुनसान छ । न्युरोड जस्तो व्यापारिक हवमा सस्तो मूल्यका सामानहरु सेलमा राखेर सञ्चालन गर्नु पर्ने बाध्यता छ । कल कारखानाको आम्दानीमा ठुलो गिरावट छ । आम उपभोक्ताले अत्यावस्यक बाहेक उपभोग गरिरहेका छैनन् ।

घरजग्गामा आएको स्लो डाउनलाई चलायनमा बनाउन सरकारले कित्ताकाट खुला गरिदिएको छ । केहि वर्ष अगाडी कित्ताकाटमा लिएको नीतिका कारण घरजग्गामा लगानी गर्नेहरु ठुलो ऋणमा छन् । यहि कारणले कयौ सहकारी डुब्ने अवस्थामा पुगे । कतिवटाले बन्दै गर्नु पर्यो ।

यसले गर्दा अझै नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन एक वर्ष लाग्छ । शेयर बजार यस्तो क्षेत्र हो जसले भइसके पछि भन्दा पनि हुनु भन्दा अगाडी आफ्नो प्रतिकृया जनाउछ । यस वर्षदेखि सरकारले बजेट खर्चको कार्यतालिका सुरुवातिदिनदेखि नै काम गर्न मिल्ने गरि बनाउने घोषणा गरेको छ । तर यसले कत्तीको गति पाउछ हेर्न बाँकी छ ।

यदि सरकारले बजेट खर्च निर्धारित कार्यतालिका अनुसार सञ्चालन गर्न सक्यो भने अर्थतन्त्रले केहि गति लिने निश्चित छ । सरकारका आयोजनाको निर्माण कार्य अगाडी बढ्यो भने सिमेन्ट रड उद्योगको व्यापार फस्टाउछ । कामदारले रोजगार पाउछन् । बजारमा पैसा आउछ । जसले अर्थतन्त्रलाई केहि भाइब्रेन्ट गराउछ । सरकारको पैसा बजारमा आउनु भनेको निजी क्षेत्रले अनेकौ अवसर पाउनु हो । यो अवस्था आउने या नआउने भन्ने कुरा आगामी चैतसम्ममा थाहा हुन्छ । तर गएको एक महिना सरकारको काम गर्ने छाटाकाटा देखिएको छैन । एउटा पनि टेण्डर खुलिसकेको अवस्था छैन । अर्को तर्फ अर्थतन्त्रमा पैसा आउने कुनै सिन देखिइसकेको छैन ।

यदि यस्तो अवस्था रह्यो भने यस वर्ष शेयर बजारमा स्थिरता आउने निश्चित छ । त्यस पछि अर्को वर्षदेखि शेयर बजारले सुधारको गति लिनेछ । यस पटकको बुल सानो तिनो हुने छैन । विगतको बुल र्यालीलाई निरन्तरता दिने हो भने शेयर बजारले ६ हजार अंक भन्दा माथि कटाउनु पर्नेछ । तर यसका लागि अझै ५/६ वर्ष समय छ । त्यसैले अहिले नै शेयर बजार ६ हजार पुग्छ भनेर कसैले विश्लेषण गर्यो भने मुर्खता मात्रै हुन्छ । किनकी अवको दुई तीन वर्षमा अर्थतन्त्रले पनि एउटा गति लिन्छ । गएको आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २ प्रतिशत भन्दा मुनि हुने अनुमान गरिएको छ ।

शेयर बजारले अधिकतम विन्दु चमेको वर्ष ७ प्रतिशत भन्दा माथि थियो । यहि पृष्ठभुमिलाई विश्लेषण गर्ने हो भने पनि अवको दुई तीन वर्ष नेपालको अर्थतन्त्रमा क्रमिक सुधार हुन समय लाग्नेछ । त्यस वर्षको दिनमा मात्रै सुधार होला भन्ने अपेक्षा गर्न सकिन्छ । त्यसैले पाचौ बुलको आधार बन्न अवको ३/४ वर्ष लाग्यो भने त्यस पछिको दुई वर्षमा ६ हजार कट्ने निश्चित छ । यो विश्लेषण विगतको ३० वर्षको बजारलाई आधार मानेर गरिएको हो । यसमा सबैको आ-आफ्नै तर्क हुन सक्छ । वास्तविकता भोगे पछि मात्रै अनुभव गर्ने हो । 

त्यसैले अहिले नै शेयर बजारको गतिलाई आकलन गर्दै पहिलाको विन्दुलाई ब्रेक गर्छ भन्ने आधार नरहेकोमा सबै विश्लेषकको एक मत रहेको छ । बजारलाई सकारात्मक सन्देश प्रवाह गर्न बढ्छ या सुधार हुन्छ भन्ने प्रतिकृया दिए पनि बजार निश्चित विन्दुको परिधिभित्रै रहने विश्लेषकहरु बताउछन् । उनिहरुका अनुसार बजारमा दुई चार सय अंकको उतारचढाव बाहेक बुलिस बजारको रुपमा विश्लेषण गर्ने बेला आइसकेको छैन । 

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया