NIMB Header 2
Nepal Life

नेपाल टेलिकमको चेतावनी : बक्यौता कात्तिक मसान्तसम्म तिरे छुट हुन्छ, नतिरे पत्रिकामा नाम प्रकाशन गरी कालोसूचीमा राखिन्छ

National Life
  • BFIS News
  • 2024 Sep 15 09:07
नेपाल टेलिकमको चेतावनी : बक्यौता कात्तिक मसान्तसम्म तिरे छुट हुन्छ, नतिरे पत्रिकामा नाम प्रकाशन गरी कालोसूचीमा राखिन्छ
Sanima Reliance

काठमाडौं। नेपाल टेलिकमले समयमै बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने भएको छ। टेलिकमको केन्द्रीय राजस्व विभागले आफ्ना पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडीएसएल, एफटीटीएच आदि सेवा प्रयोग गरेबापत बाँकी रहेको भुक्तानी समयमै भुक्तान गर्न आग्रह गर्दै विभिन्न छुटसमेत दिने घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्मको बक्यौता २०८१ कात्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट हुनेछ। त्यसैगरी आर्थिक वर्ष २०७९/८० को बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

साथै, टेलिकमले पुरानो बक्यौता भुक्तानी नगर्ने ग्राहकको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया