Nepal Life

सुनले आज पनि बनायो उच्च मूल्यको रेकर्ड, कति पुग्यो तोलाको?

NMB Bank
  • BFIS News
  • 2024 Sep 15 11:32
सुनले आज पनि बनायो उच्च मूल्यको रेकर्ड, कति पुग्यो तोलाको?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज पनि सुनले उच्च मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

Shikhar
Nepal Life
NIMB

आज सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया