Nepal Life

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने, माओवादीले खुलाउला अवरोध?

NMB Bank
  • BFIS News
  • 2024 Sep 16 08:55
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने, माओवादीले खुलाउला अवरोध?
United Ajod

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनेछन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जान लागेका हुन्।

Shikhar
Nepal Life
NIMB

तर यता माओवादी केन्द्रले सदनको अवरोध भने जारी राख्ने निर्णय गरेकोले सम्बोधन के हुन्छ भन्नेमा अन्यौल नै छ। गत भदौ १२ गते नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सदनमा बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई ‘हिंसा’को संज्ञा दिएका थिए।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ध्यानाकर्षण भएको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए। सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङगरेपछि माओवादी केन्द्रले सदनको कामकारबाही अघि बढ्न दिएको छैन।

माओवादीले सदन अवरोध जारी राख्ने निर्णय गरेपछि आइतबार बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया