Nepal Life

विश्वकप लिग-२ अन्तर्गत आज घरेलु टोली क्यानडासँग खेल्दै नेपाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 09:06
विश्वकप लिग-२ अन्तर्गत आज घरेलु टोली क्यानडासँग खेल्दै नेपाल
Sanima Reliance

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग आज खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

NIMB

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

ओडिआई सिरिज सकिएको दुई दिनपछि सोही टोलीबीचमा टी-२० सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

जसमा पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

त्यसपछि लिग-२ को अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ।

अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया