NIMB Header 2
Nepal Life

बर्जर पेन्ट्स नेपालले ल्यायो चाडपर्वलक्षित 'बर्जर नगद उत्सव' योजना

National Life
  • BFIS News
  • 2024 Sep 16 15:27
बर्जर पेन्ट्स नेपालले ल्यायो चाडपर्वलक्षित  'बर्जर नगद उत्सव' योजना
Sanima Reliance

काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्व उत्सव अभियान 'बर्जर नगद उत्सव'को घोषणा गरेको छ। यस योजना अन्तर्गत ग्राहकले बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी १ लाख रूपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्।

Shikhar
NIMB

बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, 'चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन। यस अभियान मार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौं। हामीलाई विश्वास छ यस योजनाले चाडपर्वलाई अझ विशेष बनाउनेछ।'

यो योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाइफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरूमा लागु हुने कम्पनीको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया