NIMB Header 2
Nepal Life

दसैं, तिहार र छठलक्षित सिटी एक्सप्रेस मनी ट्रान्सफरको उपहार योजना - '१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा'

National Life
  • BFIS News
  • 2024 Sep 16 15:31
दसैं, तिहार र छठलक्षित सिटी एक्सप्रेस मनी ट्रान्सफरको उपहार योजना - '१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा'
Sanima Reliance

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले '१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा' उपहार योजना सार्वजनिक गरेको छ।

Shikhar
NIMB

कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा लगातार ९० दिनसम्म चल्ने '१८ औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा' उपहार योजना सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेस्डर जितु नेपालको उपस्थिती थियो।

यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही ५०० रूपैयाँको वालेट टपअप र एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउनेछन्। कम्पनीका अनुसार उक्त अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुनेछ।

यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुन सक्नेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले बताएको छ।

कम्पनीले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै कम्पनीले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया