Nepal Life

नीतिगत स्थिरता कायम गराउन वर्तमान सरकार सक्रिय भएर लागेको छ : अर्थमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Sep 16 16:09
नीतिगत स्थिरता कायम गराउन वर्तमान सरकार सक्रिय भएर लागेको छ : अर्थमन्त्री
United Ajod

काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान नीतिगत स्थिरतामा केन्द्रित रहेको बताएका छन्। बुटवल उद्योग वाणिज्य सङ्घको ७१ औँ साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको बताए।

Shikhar
Nepal Life
NIMB

अर्थमन्त्री पौडेलले आशातीत भएर लगानी गर्न उद्योगी-व्यवसायीलाई आग्रह गरे। उनले व्यावसायिक समस्या समाधान गर्न नीतिगत स्थिरता कायम हुनेगरी सरकारले काम गरिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान पनि गरे।

उनले विकास र समृद्धिका लागि निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न सरकार प्रयत्नरत रहेको बताए। “निजी क्षेत्रसँग संवाद र आशा बढेको छ । निराशा र प्रतिकूलताको ओरालो यात्रा रोकिएको छ”, उनले भने, “निराश हुने हैन आशावादी र समस्या समाधान हुन्छन् भनेर अघि बढ्ने हो । सरकारले सोहीअनुसारका काम गरिरहेको छ।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया