NIMB Header 2
Nepal Life

सन नेपाल लाइफको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, १२ लाख २१ हजारको आवेदन

Citizen Life
  • BFIS News
  • 2023 Aug 21 05:59
सन नेपाल लाइफको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, १२ लाख २१ हजारको आवेदन
National Life

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा आजसम्म मात्रै आवेदन दिन पाइनेछ । कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा बढी आवेदन परे पछि आजदेखि बिक्री बन्द गर्ने भएको हो । सिडिएससीका अनुसार १२ लाख २१ हजारले एक करोड ३९ लाख कित्ताका लागि आवेदन परेको छ । 

NIMB

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयामा आपिओ निष्काशन गरेको हो । 

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैया बराबरको ९६ लाख कित्ता शेयर निष्काशन गरिरहेको छ । सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रति शेयर १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयामा नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरुका लागि बिक्री गरिसकेको छ । 

त्यसै गरी निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि १०० रुपैया अंकित मुल्यमा १३९ रुपैया प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाका दरले र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मुल्य रु १०० रुपैयाका दरले छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन्। 

कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकत्तम २०,००० कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले त्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तिय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ । 

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीको शेयर शेयर ७ लाख ६८ हजारले पाउने छन् । अहिले नै १२ लाख आवेदक नाघिसकेकाले आवेदन दिन बाँकीले अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्ने देखिदैन । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया