Nepal Life

सन नेपाल लाइफको आइपिओमा २.३२ गुणा बढि आवेदन, दुई मध्ये एक जनाले मात्रै शेयर पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 20:01
सन नेपाल लाइफको आइपिओमा २.३२ गुणा बढि आवेदन, दुई मध्ये एक जनाले मात्रै शेयर पाउने
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा २.३२ गुणा बढि आवेदन परेको छ । कम्पनीले आजसम्म निष्काशन गरेको प्राथमिक शेयरका लागि १५ लाख ७७ हजार ७४४ जनाले आवेदन दिएका छन् ।

NIMB

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता २३९ रुपैयाँका दरले ७६ लाख ८० हजार कित्ता शेयर बिक्री खुला गरेको थियो । कम्पनीको प्राथमिक शेयरका लागि सर्वसाधारणले १ करोड ७८ लाख कित्ताका लागि आवेदन दिएका छन् । यस आधारमा कम्पनीको प्राथमिक शेयरमा २.०५ गुणा आवेदन परेको छ ।

उक्त प्राथमिक शेयर ७ लाख ६८ हजारले १० कित्ताका दरले प्राप्त गर्ने भएकाले कुल आवेदक मध्ये आधाले मात्रै शेयर पाउने भएका हुन् । अव २ आवेदक मध्ये एकले मात्रै शेयर पाउने छन् । कम्पनीले प्राथमिक बजारबाट ४ अर्ब २६ करोड रुपैयाँ संकलन गरेको छ ।

सर्वसाधारण समुहको ९६ लाख कित्ता शेयर बिक्री गरेर कम्पनीले २ अर्ब २२ करोड पूँजी संकलन गर्ने छ । जस मध्ये ९६ करोड रुपैयाँ चुक्ता पूँजीमा जोडिनेछ भने बाँकी एक अर्ब २६ करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुनेछ ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड पुग्नेछ । कम्पनीलाई न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन थप एक अर्ब ८० करोड आवश्यक पर्नेछ । कम्पनीको जगेडा कोषमा रहेको र अहिले प्रिमियम मार्फत आर्जन गरेको रकमबाट बोनस शेयर दिएर पूँजी पुर्याउने प्रवन्धपत्रमा उल्लेख छ । तर कम्पनीको लेखापरीक्षण प्रतिवेदन अनुसार जगेडा कोषमा ४० करोड हाराहारी मात्रै रकम रहेको छ । यदि कम्पनीले प्रिमियम मार्फत आर्जन गरेको रकमको २५ प्रतिशत कर भुक्तानी गर्नु पर्यो भने हकप्रद शेयर निष्काशन नगरी पूँजी जुटाउन सक्ने छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया