Nepal Life

खराब मौसमका कारण हवाइसेवा प्रभावित

NMB Bank
  • BFIS News
  • 2024 Sep 27 14:56
खराब मौसमका कारण हवाइसेवा प्रभावित
National Life

काठमाडौं। देशका अधिकांश ठाउँमा निरन्तरको वर्षासँगै मौसममा खराबी आउँदा हवाइसेवा प्रभावित भएको छ। अधिकांश आन्तरिक उडान रद्द भएका छन् भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई पनि काठमाडौं अवतरणमा समस्या भएको छ।

Shikhar
NIMB

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण भद्रपुर, विराटनगर, सिमरा, भरतपुर, पोखरा, सुर्खेतका उडान रद्द भएका छन् भने लुक्लामा पनि उडान रद्द भएका छन्। पर्वतीय उडान पनि रद्द भएको छ।

अन्तर्राष्ट्रिय उडान पनि भिजिबिलिटी कमजोर हुँदा आकाशमै फन्को लगाउन बाध्य छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया