Nepal Life

नेपाल पे क्युआरको लोकप्रियता बढ्दै, सर्वाधिक विश्वसनियता सहित कारोबार लिमिट नहुँदा आकर्षण बढ्दो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 12:59
नेपाल पे क्युआरको लोकप्रियता बढ्दै, सर्वाधिक विश्वसनियता सहित कारोबार लिमिट नहुँदा आकर्षण बढ्दो
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको नेपाल पे क्युआरको लोकप्रियता बढ्दै गएको छ । नेपाल राष्ट्र बैंक सहित अन्य बैंक वित्तीय संस्थाको लगानीमा स्थापना भएको नेपाल क्लियरिङ हाउसले नेपालको भुक्तानी प्रणालीलाई धेरै उचाइमा पुर्याइसकेको छ ।

NIMB

कनेक्ट आइपिएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, इन्टर बैंक भक्तानी प्रणाली, नेशनल पेमेन्ट इन्टरफेस, कर्पोरेट पे, आरटिजिएस लगायतका सेवा प्रवाह गर्दै आइरहेको नेपाल क्लियरिङ हाउसले केहि वर्षदेखि नेपाल पे क्युआर सञ्चालन गर्दै आइरहेको छ ।

यो व्यापार व्यवसाय गर्ने जो सुककैका लागि सबैभन्दा विश्वसनिय भुक्तानी प्रणालीका रुपमा स्थापिन हुन पुगेको छ । यो सर्वसाधारण उपभोक्ता भन्दा पनि व्यापार व्यवसाय गर्नेहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको हो । अन्य वालेट तथा क्युआर भुक्तानी प्रणालीमा हुने सिमितताका कारण धेरै व्यवसायीहरु सँग धेरै असहजता महशुश गर्दै गर्नु परेका कयौ अनुभव छन् ।

ग्राहकले क्युआर स्क्यान गरेर आफ्नो बाटो लाग्दा खातामा पैसा नआएर नोक्सानी बेहोर्नु परेका कयौ तितो यथार्थ पनि छन् । भुक्तानी भएको देखाए कयौ दिन खातामा पैसा नआउदा आत्तीनु परेका अवस्था पनि छन् । यि सबै अनुभवलाई समाधान गर्न नेपाल क्लियरिङ हाउसले व्यापारी व्यवसायीका लागि 'नेपाल पे क्युआर' ल्याएको छ । सुरुवाति दिनमा केहि बैंक सँग मात्रै सहकार्य रहेकोमा अहिले ४७ वटा बैंक वित्तीय संस्था तथा भुक्तानी प्रणाली सँग जोडिसकेको छ । अर्थात अव व्यापारी व्यवसायीले आफ्नो खाता रहेका बैंक वित्तीय संस्था र केहि मोबाइल वालेट मार्फत क्युआर कार्ड लिन सक्ने छन् । यस्तो क्युआरमा ५२ वटा भुक्तानी सेवा प्रदायक प्रणालीबाट भुक्तानी गर्न सकिन्छ ।

अहिलेसम्म क्युआर राख्ने मर्चेन्टहरु नेपाल अधिराज्य भर ७७ वटै जिल्लामा रहेका छन् । अधिकाम्स मल, सुपर मार्केट, मार्टहरुले नेपाल पेको क्युआर राख्न थालेका छन् । स्कुल, कलेज, होटल, रेष्टुरेन्ट, सरकारी कार्यालयहरुले नेपाल पेको क्युआर प्रयोग गर्ने गरेका छन् । शेयर खरिद बिक्री गर्ने ब्रोकर कार्यालयले पनि आफ्ना लगानीकर्तालाई कोल्याट्रल लोड गर्न सजिलो होस् भनेर क्युआर दिने गरेका छन् ।

साना साना व्यापारी व्यवसायीहरुलाई कनेक्ट आइपिओ चलाउन झण्झटिलो हुने भएकाले नेपाल पेको क्युआर सबैभन्दा सहज र सजिलो माध्यम बन्न थालेको छ ।

कसरी लिने नेपाल पेको क्युआर

साना तिना व्यापार व्यवसायमा संलग्न व्यवसायीदेखि लिएर ठुला ठुला कारोबार गर्ने व्यापारी व्यवसायीले पनि नेपाल पेको क्युआर सजिलै लिन सक्छन् । यसका लागि उनिहरुले बैंक वित्तीय संस्थामा गएर नेपाल पे क्युआरका लागि निवेदन दिनु पर्छ ।

ग्राहकले निवेदन दिने वित्तीकै बैंक वित्तीय संस्थाले क्युआर कोड निर्माण गरेर उपलब्ध गराउछन् । यसले गर्दा क्युआर लिन धेरै ठुलो झण्झटिलो प्रकृया अगाडी बढाउनु पनि पर्दैन ।

अन्य क्यु आर र नेपाल पेको क्युआरमा के फरक

भुक्तानी प्रणाली चयन गर्नु भन्दा पहिला त्यसको नेटवर्क र विश्वसनियतालाई ख्याल गर्नु पर्छ । सामान्य अवस्थामा खातामा पैसा आए पनि जटिल अवस्थामा यस्ता संस्थाले दिने सेवा सुविधामा धेरै समस्या आउन सक्छ । तर नेपाल पेको क्युआरमा नेपाल राष्ट्र बैंककै ठुलो लगानी भएकाले यस प्रतिको विश्वसनियता सबैभन्दा धेरै छ ।

अन्य क्युआर भुक्तानी सेवा प्रदायकहरुको भुक्तानीमा लिमिट छ । तर नेपाल पेका मर्चेन्टहरुले लिमिटमा समस्या झर्नु पर्दैन । यसमा इसेवा बाहेक अन्य सबै भुक्तानी प्रणाली जोडिएको हुँदा भुक्तानीमा पनि खासै ठुलो समस्या झर्नु पर्दैन । नेपाल पे क्युआरबाट प्रत्येक घण्टामा सेटलमेन्ट हुन्छ । ग्राहकले स्क्यान गरेर भुक्तानी गरिसके पछि मर्चेन्टकोमा भुक्तानी भयो भनेर नोटिफिकेसन आउछ ।

वास्तवममा नोटिफिकेसन आए पनि त्यो सेटलमेन्ट भने भइसकेको हुँदैन । नेपाल पेले प्रत्येक एक घण्टामा सेटलमेन्ट गर्ने सुविधा दिदै आएको हुँदा कुनै ग्राहकले दिएको पैसा केहि समयमा ग्राहकले झिक्न सक्छन् ।

कनेक्ट आइपिएसले एक दिनमा ११ वटा सेटलमेन्ट समय बनाएको छ । यसले गर्दा मर्चेन्टको खातामा अन्य भुक्तानी सेवा प्रदायकको तुलनामा छिटो आइपुग्छ । कारोबारको सम्पुर्ण जानकारी लिन मर्चेन्टको लागि नेपाल पे विजनेस भन्ने छुट्टै मोबाइल एपको पनि व्यवस्था छ । एप लगइन गरेर आफ्नो कारोबारको सम्पुर्ण जानकारी लिन सकिन्छ ।

कतिपय अवस्थामा म्यासेज आएको हुन्छ तर पैसा नआएको हुन सक्छ त्यस्तो अवस्थामा एपबाटै सबै जानकारि दिन सकिन्छ । भुक्तानी भइसकेको हुन्छ तर नेटवर्कमा समस्या आउदा नोटिफिकेसन नआउदाका खण्डमा पनि एपबाट कन्फर्म गर्न सकिन्छ ।

स्ट्याटिक र डाइनामिक क्युआर

डाइनामिक क्युआरमा जति भुक्तानी गर्नु पर्ने हो त्यो रकम प्रणालीमै देखिन्छ । जहाँ ग्राहकले रकमलाई टाइप गरिरहनु पर्दैन । स्क्यान गर्ने वित्तीकै ग्राहकले आफुले तिर्नु पर्ने रकम सम्पादन गर्न नमिल्ने बनाइएको हुन्छ । जहाँ ग्राहकको फ्लो धेरै हुन्छ त्यस्तो ठाउँमा यो धेरै सजिलो हुन्छ । मर्चेन्टले ग्राहकको रकमलाई भेरिफाइ गरिरहनु पर्दैन ।

यसमा सेवा प्रदायकले आफ्नै सफ्टवेयर प्रणाली विकास गरेका हुन्छन् र त्यसलाई भुक्तानी प्रणालीमा प्रत्यक्ष जोडिएको हुन्छ । जुन प्रणालीबाट विल बन्दछ र भुक्तानी गर्नु पर्ने शुल्क पनि प्रणालीमै देखिन पुग्छ । ग्राहकहरुको तर्फ हेर्ने हो भने पनि यो अत्यन्तै सुरक्षित हुन्छ । कहिलेकाही  २०० हाल्नु पर्नेमा २००० भयो भने धेरै पैसा जान सक्छ । साथै २००० हाल्नु पर्नेमा २०० मात्रै गयो भने पनि समस्या हुन्छ । यसले गर्दा डाइनामिक क्युआरले सजिलो बनाउछ ।

यदि थोरै ग्राहक छन् भने स्ट्याटिक क्युआर कार्ड भए पनि हुन्छ । जसमा क्युआर स्क्यान गरेर तिर्नु पर्ने रकम टाइप गरेर भुक्तानी गर्न सकिन्छ । जसमा ग्राहक र व्यवसायी दुबै चनाखो हुनु पर्छ ।

NEPALPAY QR currently enabled for Scan & Pay from:

  1. Agricultural Development Bank
  2. Citizens International Bank
  3. Everest Bank 
  4. Global IME Bank
  5. Himalayan Bank
  6. Kumari Bank 
  7. Laxmi Sunrise Bank
  8. Machhapuchhre Bank
  9. Nabil Bank 
  10. Nepal Bank
  11. Nepal Investment Mega Bank
  12. Nepal SBI Bank
  13. NMB Bank
  14. NIC Asia Bank
  15. Prabhu Bank
  16. Prime Commercial Bank
  17. Rastriya Banijya Bank
  18. Sanima Bank
  19. Siddhartha Bank
  20. Standard Chartered Bank
  21. Garima Bank
  22. Jyoti Bikas Bank
  23. Kamana Sewa Bikas Bank
  24. Lumbini Bikas Bank
  25. Mahalaxmi Bikas Bank
  26. Shangri-La Development Bank
  27. Shine Resunga Development Bank
  28. Muktinath Bikas Bank
  29. Best Finance
  30. Central Finance
  31. Guheswori Merchant Banking & Finance
  32. Janaki Finance
  33. Manjushree Finance
  34. Goodwill Finance 
  35. Gurkhas Finance
  36. ICFC Finance 
  37. Pokhara Finance
  38. Progressive Finance
  39. Reliance Finance
  40. Samriddhi Finance 
  41. CellPay
  42. Citypay Wallet
  43. dPaisa
  44. Hamro Pay
  45. IME Pay – Mobile Digital Wallet
  46. Khalti Digital Wallet
  47. MORU
  48. MyPay
  49. N-Cash
  50. iCash
  51. Prabhu Pay
  52. connectIPS App

NEPALPAY QR is currently Acquired by:

  1. Agricultural Development Bank
  2. Citizens Bank 
  3. Everest Bank 
  4. Global IME Bank
  5. Himalayan Bank
  6. Kumari Bank 
  7. Laxmi Sunrise Bank
  8. Machhapuchhre Bank
  9. Nabil Bank
  10. Nepal Investment Mega Bank
  11. Nepal Bank 
  12. Nepal SBI Bank
  13. NIC Asia Bank
  14. NMB Bank
  15. Prabhu Bank
  16. Prime Commercial Bank
  17. Rastriya Banijya Bank
  18. Siddhartha Bank
  19. Sanima Bank
  20. Standard Chartered Bank
  21. Garima Bikas Bank
  22. Jyoti Bikas Bank
  23. Kamana Sewa Bikas Bank
  24. Lumbini Bikas Bank
  25. Mahalaxmi Bikas Bank
  26. Muktinath Bikas Bank
  27. Saptakoshi Development Bank Limited
  28. Shine Resunga Development Bank
  29. Shangri-La Development Bank
  30. Best Finance
  31. Central Finance
  32. Goodwill Finance
  33. Guheswori Merchant Banking & Finance
  34. Gurkha Finance
  35. ICFC Finance
  36. Janaki Finance
  37. Manjushree Finance
  38. Multipurpose Finance
  39. Nepal Finance
  40. Pokhara Finance
  41. Progressive Finance
  42. Reliance Finance
  43. Samriddhi Finance
  44. Focusone Payment Solution Pvt. Ltd. (MOCO Digital Wallet) 
  45. Khalti Digital Wallet
  46. Moru Digital Wallet 
  47. Sulav Pay

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया