NIMB Header 2
Prabhu Mahalaxmi

दशै विदामा चेक क्लियरिङ र राजस्व संकलनका लागि शाखा कार्यालय खोल्नु नपर्ने

United Ajod
  • BFIS News
  • 2024 Oct 08 16:12
दशै विदामा चेक क्लियरिङ र राजस्व संकलनका लागि शाखा कार्यालय खोल्नु नपर्ने
IME LIFE

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पालीको दशैमा विदामा चेक क्लियरिङ र राजश्व संकलन गर्ने प्रयोजनका लागि शाखा सञ्चालन गर्नै पर्ने अनिवार्य नहुने व्यवस्था गरेको छ ।

Nepal Life
NIMB

राष्ट्र बैंकले २०७५ असार २६ गते जारी गरेको सूचना अनुरुप इजाजतपत्र प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले वर्षभरी नै असोज, पुष, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परेतापनि राजस्व बुझ्ने प्रयोजनका लागि शाखा कार्यालय खोल्नु पर्ने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्था अनुसार यस पालिको असोज अन्तिम सातामा दशै विदा परेता पनि महिनाको अन्तिम दुई दिन सार्वजनिक विदा नभएको हुँदा सो व्यवस्था अनुसार शाखा कार्यालय खोल्नै पर्ने बाध्यता नभएको उल्लेख गरेको छ ।

अन्यथा यस अवधिमा राजस्व कारोबार गर्ने सम्पुर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवम् नेपाल क्लियरिङ हाउस खुला राख्नु पर्ने बाध्यता रहन्थ्यो । त्यसमा पनि यो आर्थिक वर्षको पहिलो त्रैमाश भएको हुँदा दोस्रो तेस्रो र चौथो त्रैमाशमा जस्तो दवाव हुँदैन ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया