अधिक तरलता खिच्न राष्ट्र बैंकले बजारबाट ३० दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप तान्दै
- BFIS News
- 2026 Sep 28 11:18
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको सूचनाअनुसार ३० दिन अवधिका लागि निक्षेप संकलन गर्न लागिएको हो। असोज १२ गते सोमबार दिउँसो ३ बजे अनलाइन बोलकबोल प्रणालीमार्फत निक्षेप संकलनको प्रक्रिया सञ्चालन हुनेछ।
निक्षेपको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सक्नेछन्। अधिकतम रकम भने १० करोड रुपैयाँको गुणनमा कुल निष्काशित रकमसम्म कायम गरिएको छ। संस्थाहरूले तोकिएको कुल रकमको सीमाभित्र रहेर एकभन्दा बढी बोलकबोल आवेदनसमेत पेश गर्न सक्नेछन्।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको साँवा तथा ब्याज २०८३ कात्तिक ११ गते अर्थात् अक्टोबर २८, २०२६ मा सम्बन्धित संस्थालाई फिर्ता गरिनेछ।
बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम खिच्ने गर्छ। यस प्रक्रियामा ब्याजदर बोलकबोलबाट निर्धारण हुने भएकाले सहभागी बैंक तथा वित्तीय संस्थाबीचको बोलकबोलअनुसार निक्षेपको लागत तय हुनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)





.jpeg)




प्रतिक्रिया