शेयरधनीलाई कहिल्यै हात खाली नराख्ने एभरेष्ट बैंक, नेपालको बैंकिङ क्षेत्रमा अनुकरणीय योगदान
- अरुण सापकोटा
- 2024 Oct Thu 08:41
काठमाडौं । एभरेष्ट बैंकले तीन दशक पार गरेको छ । नेपालको बैंकिङ इतिहासमा छुट्टै छाप छाड्न सफल एभरेष्ट बैंकको आज भन्दा तीन दशक अगाडी अर्थात २०५१ साल कार्तिक एक गते बैंकिङ कारोबारको शुभारम्भ भएको थियो ।
एभरेष्ट बैंकका संस्थापक स्व. विके श्रेष्ठ हुन् । श्रेष्ठ नेपाल औधोगिक विकास निगमको पहिलो महाप्रवन्धक पनि हुन् । निगमको जागिर छाडेर भारत छिरेका श्रेष्ठले भारतमै व्यापार व्यवसाय विस्तार गरे । भारतको सिक्कीम पुगेर उनले बियर कम्पनी खोले । त्यसैबेला उनले कलकत्तामा होमियापेथिक औषधी कम्पनी पनि खोले । यसका साथ साथै कपडा व्यापार शुरु गरेका उनले त्यहाँ राम्रो प्रगति गरे । व्यवसायकै क्रममा उनि दिल्ली पुगे । उनको औषधी कम्पनी एसबिएल भारतमा होमिपथिक औषधी उत्पादन गर्ने ठुलो मध्येको एक हो ।
दिल्ली पुगेका श्रेष्ठले पन्जाव नेशनल बैंकको सेयर ठुलो परिमाणमा होल्ड गरे । यस क्रममा उनको बैंकको उच्च व्यवस्थापनसम्म पहुँच बन्यो । त्यसपछी उनी बैंक खोल्नका लागि नेपाल आएका थिए । सुरुवातमा उनले आफ्नै लगानीमा बैंकको स्थापना गरे । बैंकले स्थापनाको छोटो समयमै सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । बैंकलाई धितोपत्र बोर्डले २०५२ बैंशाखमा तीन करोड ६० लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो । आइपिओ निष्काशन पछि बैंकको चुक्ता पूँजी जम्मा १२ करोड मात्रै थियो ।
श्रेष्ठले आइपिओ निष्काशन पछि २०५२ साल फागुनमा भारतको पञ्जाव नेशनल बैंकलाई २० प्रतिशत हिस्सा दिएर रणनीतिक साझेदारको रुपमा भित्र्याएका थिए । यस पछि बैंकको नेतृत्व पुर्ण रुपमा पञ्जाव नेशनल बैंकले सम्हाल्दै आइरहेकोमा २०७७ साल चैतमा पहिलो पटक नेपाली सिइओ बनाइएको छ । २०७७ सालदेखि सुदेश खालिङले बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् भने टेक्निकल सपोर्ट पञ्जाव नेशनल बैंकको प्रतिनिधिले नै गर्दै आइरहेका छन् ।
नेपालको बैंकिङ क्षेत्रमा एभरेष्ट बैंक सदैव सफल बैंकका रुपमा परिचित छ । अहिलेको अप्ठ्यारो परिस्थितिमा पनि एभरेष्ट बैंकले गरेको व्यवस्थापनलाई लिएर नेपाल राष्ट्र बैंकले समेत सर्हाना गर्ने गरेको छ ।
शेयरधनीलाई कहिल्यै हात खाली नराख्ने एभरेष्ट बैंक
एभरेष्ट बैंकले अहिलेसम्म शेयरधनीको हात खाली राखेको छैन । कोभिड १९ जस्तो जटिल परिस्थितिमा पनि बैंकले लाभांश दिन सफल भएको थियो । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थव्यवस्था र बैंकिङ प्रणालीलाई सबल बनाउन लिएको नीतिका कारण लाभांश वितरणमा कडाइ गर्दै आइरहेको छ । यसले गर्दा बैंकको जगेडा कोष थप मजबुद बनेको छ । विगत केहि समयदेखि लाभांश कम दिदै आए पनि आगामी दिनमा बैंकले बम्पर लाभांश दिन सक्ने क्षमता बनाइसकेको छ ।
एभरेष्ट बैंकले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०५९/६० पछि शेयरधनीको हात खाली भएको छैन । यस भन्दा अगाडी पनि बैंकले शेयरधनीलाई आकर्षक लाभांश दिएको थियो । यहाँ आर्थिक वर्ष २०५९/६० देखिको तथ्याङ्कलाई मात्रै प्रस्तुत गरिएको छ ।
बैंकले माओवादी द्धन्दको समयमा पनि एक तहको स्थिर लाभांश दिएको देखिन्छ । जव देशमा लोकतन्त्र स्थापना भयो त्यस पछि बैंकका गोल्डेन समय सुरुवात भएको देखिन्छ । आर्थिक वर्ष २०६४/६५ पछि शेयरधनीलाई आकर्षक लाभांश दिएको थियो । यसै वर्ष ३० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद सहित ५० प्रतिशत लाभांश दिएको थियो ।
बैंकको प्रतिशेयर आम्दानी भने २०६०/६१ देखिनै बढ्न सुरु भइसकेको थियो । लगातार चार वर्षको सुधार पछि बैंकले शेयरधनीलाई आकर्षक लाभांश दिन सुरु गरेको देखिन्छ । देशमा विषम परिस्थिति भएका कारण नियामकले लाभांश वितरणमा रोक लगाउने गरेको पाइन्छ । यसले गर्दा क्षमता हुँदा हुँदै पनि लाभांश वितरणमा केहि कम गरेता पनि केहि समयको अन्तराल पछिको लाभांशले शेयरधनीलाई चकित खुवाएको देखिन्छ ।
बैंकले अधिकतम ७० प्रतिशतसम्म लाभांश दिएको पाइन्छ । आर्थिक वर्ष २०७३/७४ को दशकसम्म बैंकको लाभांश एकदमै राम्रो देखिन्छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि १०० रुपैयाँसम्म पुग्यो । जव नेपाल राष्ट्र बैंकले बैंकको चुक्ता पूँजी चार गुणाले बृद्धि गर्यो त्यस पछि भने बैंकको लाभांश तथा इपिएस दुबैमा ठुलो गिरावट आयो ।
कोभिड १९ को समयमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउदा यसको सकारात्मक प्रभाव बैंकको वित्तीय विवरणमा देखा पर्न थालिसकेको छ । पछिल्लो दुई वर्षमा बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ पुगिसकेको छ । जोखिम व्यवस्थापनमा माहिर प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको कुशलताको नतिजा पनि हो यो । आजको दिनमा सबैभन्दा कम खराव कर्जा एभरेष्ट बैंकको छ ।
प्रतिशेयर आम्दानी र चुक्ता पूँजी
आर्थिक वर्ष २०५९/६० मा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ थियो । जतिवेला बैंकको चुक्ता पूँजी जम्मा ३१ करोड ५० लाख रुपैयाँ मात्रै थियो । बैंकले यस भन्दा अगाडी आइपिओ हकप्रद, रणनीतिक साझेदार र बोनस शेयर मार्फत यो पूँजी जुटाइसकेको थियो । बैंकले ११ करोड ९२ लाख रुपैयाँ हकप्रद पनि जारी गरेको थियो ।
यस सँगै बैंकको प्रतिशेयर आम्दानी २९ हुँदै ४५ रुपैयाँ पुग्यो । बैंकले पञ्जाव नेशनल बैंकको प्राविधिक सहयोगमा धेरै उन्नती प्रगति गर्यो । बैंकले हरेक वर्ष नगद र बोनस शेयर मिलाएर लाभांश दिने गरेको देखिन्छ । आर्थिक वर्ष २०६७/६८ मा मात्रै चुक्ता पूँजी एक अर्ब पुगेको देखिन्छ । यो पूँजी जुट्न बैंकलाई १५ वर्ष लाग्यो तर एक अर्बबाट ८ अर्ब पुग्न ८ वर्ष पनि लागेन । यसबाट पनि बैंकको प्रतिशेयर आम्दानीमा ठुलो असर गरेको हो । राष्ट्र बैंकले २ अर्बको न्युनतम चुक्ता पूँजीबाट एकै पटक ८ अर्ब पुग्यायो । यहि नीति अनुरुपत बैंकले ३३ प्रतिशत हकप्रद शेयर पनि जारी गर्नु परेको थियो ।
यसरी आर्थिक वर्ष २०७४/७५ सम्ममा ८ अर्ब जुटाइसकेको थियो । यसले पनि बैंकिङ क्षेत्रका लगानीकर्तालाई ठुलो निरास बनायो । एकातिर बढेको पूँजीलाई कभर गर्ने गरि प्रतिशेयर आम्दानी थिएन भने अर्को तर्फ बढ्दो पूँजी अनुरुप बैंकले सोहि अनुसारको व्यवसाय जुटाउन सक्ने अवस्था थिएन । यदि राष्ट्र बैंकले क्रमिक रुपमा पूँजी बढाउने नीति लिएको भए यो अवस्था पक्कै पनि आउने थिएन ।
यसले गर्दा बैंकको शेयर मूल्यमा पनि ठुलो उछाल आयो । प्राय अन्य बैंकहरुको तुलनामा एभरेष्ट बैंकको शेयर मूल्य आकर्षक नै देखिन्छ । २०५९/६० मा बैंकको शेयर मूल्य ४४५ थियो । आर्थिक वर्ष २०६४/६५ मा आइपुग्दा ३१३२ पुग्यो । यस पछिका एक दशमा बैंकको शेयर मूल्य एक हजार भन्दा तल झर्न सकेन । आर्थिक वर्ष २०७२/७३ मा सर्वाधिक धेरै ३३८५ सम्म पुग्यो ।
यस पछिका दिनमा भने बैंकको शेयर मूल्यमा आकर्षण देखिदैन । बैंकको शेयर मूल्य २ दशककै सर्वाधिक कम ४३९ रुपैयाँसम्म तल झर्यो । अहिले पनि शेयर मूल्यमा खासै ठुलो सुधार देखिदैन । भोलिका दिनमा बैंकको प्रतिस्तुले पक्कै पनि माथि पुग्याउने नै छ ।
बैंकले ३० औं वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकायहरु लगायत बैंक सँग आवद्ध सबैमा हार्दिक आभाव तथा कृतज्ञता व्यक्त गरेको छ । सबैको अटुट विश्वास एवम् सहयोग सँगै आधुनिक बैंकिङ्ग प्रविधिलाई आत्मसाथ गर्दै आगामी वर्षहरुमा अझ दिगो, दरिलो र विश्वासिलो सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
बैंकले नेपालको आधुनिक बैंकिङ प्रणालीलाई अगाडी बढाउन सदैव अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको छ । पञ्जाव नेशनल बैंकको निरन्तरको प्राविधिक सहयोगले कम्पाइन्स र गभर्नेन्सका सवालमा आफूलाई सदैब कटिबद्ध बनाउदै आइरहेको छ । जसले नेपालको बैंकिङ प्रणालीमा अनुकरणीय योगदान पुर्याएको छ ।
प्रतिक्रिया