Nepal Life

जीवन बीमा उद्योगमा सिटिजन लाइफको ७ वर्षको उडान, छोटो समयमै उच्चस्तरको पहिचाहन बनाउन सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Fri 14:15
जीवन बीमा उद्योगमा सिटिजन लाइफको ७ वर्षको उडान, छोटो समयमै उच्चस्तरको पहिचाहन बनाउन सफल
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी ७ वर्ष पुरा गरि ८ औं वर्षमा प्रवेश गरेको छ । १० वर्षको व्यग्र प्रतिक्षा पछि आज भन्दा ठिक ७ वर्ष पहिला २०७४ कार्तिक २ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको सिटिजन लाइफले नेपालको जीवन बीमा उद्योगमा छुट्टै छाप छोड्न सफल भएको छ ।

NIMB

कम्पनीले स्थापनाको पहिलो वर्षदेखि नै अवलम्बन गरेको व्यवसायिक रणनीति, संस्थागत सुशासन, पारदर्शिता र उच्च स्तरको ग्राहकमुखी प्राविधिक सेवाले गर्दा छोटो अवधिमै विशेष पहिचान कामय राख्न सफल देखिएको छ । स्थापनाको सुरुवाति दिनमा जीवन बीमा व्यवसायमा दक्ष जनशक्तिको अभाव थियो । त्यस्तो अवस्थामा पनि कम्पनीले आफ्ना कार्यरत कर्मचारीहरुलाई आन्तरिक तथा बाह्य तालिम प्रदान गरि सापेक्षित रुपमा दक्ष बनाउने नीति अङ्गीकार गरेको थियो । जसले गर्दा कम्पनी वजार व्यवस्थापन, बिक्री कला र जोखिमाङ्कन लगायतका क्षेत्रमा सदैव अब्बल देखिदै आएको छ । कम्पनीले ७ वर्ष पार गर्दै गर्दा दाबी भुक्तानीमा प्रक्रियागत सरलता र सहजतालाई ध्यानमा राख्दै फर्छयौटको कामलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

कम्पनीले ७ वर्षसम्म आक्रामक बजार विस्तार गर्दै गर्दा पूँजीगत संरचनालाई पनि थप बलियो बनाएको छ । कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गरि सञ्चित जगेडा कोषलाई बलियो बनाएको छ । प्राथमिक बजारबाट संकलन भएको प्रिमियमलाई जगेडामा सञ्चित गरि जोखिम बहन गर्न सक्ने क्षमतामा पनि बृद्धि गरेको छ । यसले कम्पनीको प्रोफिटाव्लिटीदेखि लिएर हरेक किसिमका स्ट्रेन्थमा सुधार भएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको जोखिम बहन गर्ने क्षमता बढाउन, पूँजीगत आधार बलियो बनाउन, बीमाको पहुँच विस्तार गर्न, कम्पनीहरु विचको स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न एवम् जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुने गरी न्युनतम चुक्ता पूँजी ५ अर्ब कायम गर्न दिएको निर्देशन पश्चात कम्पनीले संस्थापत तहमै थप पूँजी आह्वान गरि चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कायम गरेको थियो । तत् पश्चात सर्वसाधारण लगानीकर्ताका लागि ३० प्रतिशत कायम हुने गरी आइपिओ निष्काशन गरेर तीन अर्ब ७५ करोड कामय गरेको थियो । यसै पूँजीमा कम्पनीले ५.२६ प्रतिशत बोनस शेयर जारी गरी चुक्ता पूँजी ३ अर्ब ९३ करोड कायम गरिसकेको छ । नियामकीय पूँजी ५ अर्ब जुटाउन कम्पनीले बोनस शेयर जारी गर्ने योजना बनाएको छ । यस सँगै कम्पनीले संस्थापक शेयरधनीहरुलाई थप हकप्रद शेयर जारी नगरी बोनस शेयर मार्फत नै जुटाउने छ ।

प्राधिकरणले पूँजी जुटाउन क्रममा मर्जरका लागि प्रोत्साहित गरिरहेको सन्दर्भमा कम्पनीले भने आफ्नो अस्तित्वलाई बचाउदै कुनै पनि कम्पनी सँग मर्जर नगरी आफुलाई अगाडी बढाउन सफल भएको छ ।

यस्तो छ कम्पनीले विगत ७ वर्षमा हासिल गरेका उपलब्धीहरु

सिटिजन लाइफले विगत ७ वर्षमा हरेक सूचकमा आफुलाई अब्बल सावित गर्दै आइरहेको छ । जीवन बीमा कम्पनीहरु मर्जर भएर ठुला बन्दै गर्दा पनि सिटिजन लाइफले आफ्नो बजार हिस्सालाई कायम राख्न सक्नु नै कम्पनीको ठुलो उपलब्धी हो ।

जीवन बीमा कोष

सिटिजन लाइफले ७ वर्षको अवधिमा जीवन बीमा कोष १४ अर्ब ४४ करोड पुर्याउन सफल भएको छ । जोन बीमा कोषको बृद्धिदर हेर्ने हो भने दोस्रो वर्षमा २३१ प्रतिशतले बढेको थियो । त्यस पछिका वर्षमा क्रमश ८५ प्रतिशत, १०८ प्रतिशत, ९१ प्रतिशत, ५३ प्रतिशत र ४१ प्रतिशत रहेको छ । आर्थिक मन्दी तथा आम मानिसहरुको बीमा शुल्क भुक्तानी गर्न सक्ने क्षमता ह्रास आउदै गर्दा यसको प्रत्यक्ष असर जीवन बीमा व्यवसायमा पर्दै आइरहेको छ । समग्र जीवन बीमा व्यवसायको बृद्धिदर नै ऋणात्मक रहेका विगतको सन्दर्भमा कम्पनीले जीवन बीमा कोषमा गरेको सुधारलाई सन्तोषजनक मान्न सकिन्छ ।

बीमा शुल्क आर्जन

कम्पनीले समय सापेक्ष रुपमा जीवन बीमा पोलिसी जारी गर्दै आइरहेको छ । माइक्रो पोलिसीदेखि लिएर साविक जीवन बीमा पोलिसी दुबैमा कम्पनीले आफुलाई केन्द्रित गर्दै आइरहेको छ । आवधिक बीमा पोलिसी मार्फत मुनाफा र साविक जीवन बीमा मार्फत जीवन बीमा कोषमा सुधार गर्ने गरि सन्तुलित ढङ्गबाट व्यवसाय गरिरहेको कम्पनी गएको आर्थिक वर्षमा ६ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्यो । कुल बीमा शुल्क आर्जन तर्फको बृद्धिदर हेर्ने हो भने दोस्रो वर्षमा १८९ प्रतिशतले सुधार देखिएको थियो । गएको वर्ष ५.४६ प्रतिशतले सुधार गरेको थियो भने त्यस भन्दा अगाडीको वर्षमा १३७ प्रतिशतले बढाउन सफल भएको थियो ।

मुनाफा

सिटिजन लाइफले मुनाफालाई पनि उत्तीकै महत्व दिदै आएको छ । कम्पनीले गत आर्थिक वर्षमा २१६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । अघिल्लो वर्षमा भने कम्पनीको मुनाफामा ऋणात्मक सुधार देखिएको थियो । यस बाहेक हरेक वर्ष एक किसिमको सुधारलाई पछ्याउदै आइरहेको छ । गत वर्ष मात्रै कम्पनीले ३२ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गर्यो । कम्पनीले सकेसम्म मुनाफाबाट बोनस शेयर दिने र नपुगेको रकम मात्रै प्रिमियमबाट वितरण गर्ने योजना बनाएको छ ।

अभिकर्ता संख्या

जीवन बीमा व्यवसायको सबैभन्दा बलियो आधार भनेको अभिकर्ताको नेटवर्क नै हो । जति ठुलो अभिकर्ता नेटवर्क हुन्छ त्यसले दीर्घकालसम्म व्यवसाय गर्न सक्दछ । व्यवसाय सुरुवात गरेको पहिलो वर्ष ३ हजार अभिकर्ता बनाएको सिटिजनले आजका दिनमा २९ हजार ५५२ जना अभिकर्ता निर्माण गरिसकेको छ । हरेक वर्ष कम्पनीले अभिकर्ताको संख्यालाई उल्लेख्य मात्रामा बृद्धि गर्दै आइरहेको छ ।

कम्पनीले १० वटा बीमा योजनालाई बजारमा बिक्री गर्दै आइरहेको छ । हरेक किसिमका मानिसहरुको आवश्यकतालाई मध्यनजर गर्दै बीमा पोलिसी तयार पारेको सिटिजनले तीन लाख ३३ हजार भन्दा धेरै पोलिसी जारी गरिसकेको छ । देशभर १३५ वटा शाखा सञ्जाल मार्फत जीवन बीमाको सुविधा प्रदान गरिरहेको छ । अनलाइन प्रविधिबाटै हरेक किसिमका सेवा सुविधा लिन सकिने व्यवस्था कम्पनीले गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया