Nepal Life

तीन ठुला बैंक नविल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगाको 'नेक टु नेक' कम्पिटिसन, हेर्नुहोस् कुन सूचकमा को अगाडी

National Life
  • अरुण सापकोटा
  • 2024 Oct Thu 18:02
तीन ठुला बैंक नविल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगाको 'नेक टु नेक' कम्पिटिसन, हेर्नुहोस् कुन सूचकमा को अगाडी
RBB

काठमाडौं । तीन ठुला बाणिज्य बैंक नविल बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेक टु नेक कम्पिटिसन देखिएको छ । पूँजीका हिसावले मात्रै नभएर अन्य सूचकमा पनि यि तीन बाणिज्य बैंकहरु प्रतिस्पर्धा गरिरहेका छन् ।

NIMB

विग मर्जरलाई आत्मसाथ गरेका तीन वटै बाणिज्य बैंकले मर्जर पछिको सवल र दुर्वल दुबै पक्षको सामना गरिरहेका छन् । कतिपय सूचकमा सबैभन्दा अगाडी देखिए पनि कतिपय सूचकमा अन्य बाणिज्य बैंक जसले मर्जरलाई आत्मसाथ गरेनन् उनिहरुको भन्दा निकै कमजोर पनि देखिएको छ । मर्जर पछि तीन वटै बाणिज्य बैंकले पूँजीकोष र निक्षेप तथा कर्जा परिचालनमा आफुलाई निकै अगाडी पुर्याउन सफल भएका छन् ।

चुक्ता पूँजीमा ग्लोबल जगेडामा नेपाल इन्भेष्टमेन्ट अगाडी

चुक्ता पूँजीका हिसावले सबैभन्दा अगाडी ग्लोबल आइएमई रहेको छ । ग्लोबलले स्थापनाकालदेखि १७ वटा भन्दा धेरै बैंक वित्तीय संस्थालाई मर्जर प्रकृयाँमा सामेल गराइसकेको छ । जसमा तीन वटा त बाणिज्य बैंकहरु नै विलन गर्न सफल रह्यो । जसले गर्दा आजका दिनमा ग्लोबलको सबैभन्दा धेरै ३६ अर्ब ६१ करोड रुपैयाँ छ । जगेडा कोष तर्फ हेर्ने हो भने ग्लोबल कमजोर छ । तै पनि बैंकको जगेडा कोषमा २४ अर्ब ८९ करोड जम्मा भइसकेको छ ।

त्यस्तै दोस्रो धेरै चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ अर्ब १२ करोड छ । नेपाल इन्भेष्टमेन्टले पनि मेगा बैंकलाई प्राप्ति गरि यो तहको पूँजी जुटाउन सफल भएको हो । जगेडा कोषका हिसावले भने नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडी छ । लाभांश वितरण गर्न नपाइरहेको बैंकले जगेडालाई भने बलियो बनाइरहेको छ । यसले बैंकको स्ट्रेन्थलाई अझ बलियो बनाउनेछ ।

साविक नेपाल बंगलादेश बैंकलाई प्राप्त गरि पूँजी र जगेडा दुबै बढाउन सफल नविल बैकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा चुक्ता पूँजी भन्दा धेरै ३० अर्ब रुपैयाँ रहेको छ । यस हिसावले नविल सबैभन्दा सवल देखिएको छ ।

निक्षेप तथा कर्जा कर्जा लगानी  

मर्जर सँगै निक्षेप र कर्जा लगानीमा पनि तीन वटै बैंक आक्रामक देखिएका छन् । आजका दिनमा ग्लोबल आइएमई बैंक सँगै सबैभन्दा धेरै निक्षेप रहेको छ भने कर्जा तर्फ पनि ग्लोबल नै छ । ग्लोबलले समिक्षा अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै दोस्रो नम्बरमा रहेको नविल बैंकले ४७ अर्ब ९४ करोड निक्षेप संकलन गरी ३८ अर्ब १२ करोड कर्जा लगानी गरेको छ । कर्जा तर्फ नविल झण्डै ग्लोबल अगाडी पुगिसकेको छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगाले ४ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यहाँ निक्षेपमा ग्लोबल आक्रामक देखिएको छ भने कर्जा विस्तारमा नविल आक्रामक देखिएको छ ।

आम्दानी तथा नाफा

बैंकहरुको सबैभन्दा ठुलो आम्दानीको स्रोत भनेको कर्जा परिचालनबाट आर्जन हुने व्याज आम्दानी नै हो । निक्षेपमा व्याज दिएर कर्जाबाट प्राप्त हुने व्याज आम्दानी पश्चात खुद व्याज आम्दानी निकालिन्छ । यसमा नविल सबैभन्दा अगाडी छ । कर्जा विस्तारमा आक्रामक नविलले तीन महिनामा ४ अर्ब १४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सबैभन्दा धेरै कर्जा विस्तार गरेता पनि ग्लोबलको व्याज खर्च धेरै भएकाले खुद व्याज आम्दानी ४ अर्ब ११ करोड रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको भने ३ अर्ब ८७ करोड छ ।

यसका साथै सञ्चालन आम्दानी तर्फ पनि नविल सबैभन्दा अगाडी छ । नविलले ५ अर्ब ३२ करोड आम्दानी गरेकोमा ग्लोबलले ५ अर्ब २३ करोड आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्टको भने ४ अर्ब ६७ करोड रहेको छ । कर्जाको गुणस्तरका आधारमा नविल अगाडी देखिएको छ । नविलले सबैभन्दा कम इम्पेरियल चार्ज गर्नु परेकाले  खुद मुनाफामा सबैभन्दा अगाडी रहेको छ । नविलले २ अर्ब ५ करोड नाफा गर्दा ग्लोबलको एक अर्ब ५१ करोड रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्टको एक अर्ब ४६ करोड रुपैयाँ नाफा छ । वितरण योग्य मुनाफाका हिसावले पनि नविल अगाडी छ ।

वित्तीय सूचक

वित्तीय सूचकहरुमा पनि तीन बैंक विच प्रतिस्पर्धा छ । आम्दानी तथा नाफादेखिनै अगाडी रहेको नविल यहि सूचककै कारणले हो । नविलको खराव कर्जा सबैभन्दा कम १.४२ प्रतिशत छ । जवकी ग्लोबल आइएमईको ४.६७ प्रतिशत रहेको छ । नेपाल इन्भेष्टमेन्टको पनि खराव कर्जा १.९९ प्रतिशत मात्रै रहेता पनि प्रोभिजनिङमा चुकेको छ ।

कर्जाको व्याजदरलाई आधार व्याजदरले सबैभन्दा धेरै प्रभाव पार्छ । तीन वटै बैंकहरुको आधार व्याजदरमा खासै ठुलो अन्तर छैन । तुलनात्मक रुपमा नविलको सबैभन्दा कम ७.०२ प्रतिशत रहेको छ भने ग्लोबलको ७.२९ र नेपाल इन्भेष्टमेन्टको ७.२८ प्रतिशत छ । व्याजदर तलै हुँदा पनि कर्जा विस्तारमा ग्लोबल र नेपाल इन्भेष्टमेन्ट पछाडी देखिएका छन् । साहेक खराव कर्जाको अनुपात धेरै भएर पनि हुन सक्छ जसले कर्जा दिन सक्ने क्षमतामा ह्रास ल्याउछ ।

पूँजी कम तथा बैंक व्यवसायबाट उचित प्रतिफल लिएको नविलले प्रतिशेयर आम्दानीमा फाइदा उठाएको छ । नविलको प्रतिशेयर बम्दानी २९.८३ रुपैयाँ हुँदै गर्दा ग्लोबलको १६.७४ रुपैयाँ र नेपाल इन्भेष्टमेन्टको १७.१६ रुपैयाँ छ । यस हिसावले शेयरधनीका दृष्टिकोणबाट नविलबाट बढि लाभ लिन सक्नेछन् । प्रतिशेयर नेटवर्थ तर्फ हेर्ने हो भने नविलको सबैभन्दा धेरै २२९ रुपैयाँ छ  । ग्लोबलको १७४ रुपैयाँ हुँदा नेपाल इन्भेष्टमेन्टको १८४ रुपैयाँ छ ।

दोस्रो बजारमा भने यि तीन बैंकको शेयर मूल्यमा निकै अन्तर देख्न पाइन्छ । नविलको दोस्रो बजारमा ५९१ रुपैयाँ छ भने ग्लोबलको २५२ रुपैयाँ र नेपाल इन्भेष्टमेन्टको २३६ रुपैयाँ मात्रै छ । तीन वटै बैंकको शेयर मूल्य अण्डर भ्यालु देखिन्छ । ग्लोबल र नेपाल इन्भेष्टमेन्टको शेयर मूल्य लगभग नेटवर्थ भन्दा केहि बढि मात्रै छ ।

नविल बैंकको विवरण

ग्लोबल आइएमई बैंकको विवरण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको विवरण

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया