सामाजिक तथा व्यवसायिक क्षेत्रमा सफल प्रभु महालक्ष्मीका घिमिरेले हरेक वर्ष सर्वाधिक अगाडी, 'क्षमताले भ्याएसम्म बीमा गर्नु पर्छ '
- अरुण सापकोटा
- 2024 Dec Mon 05:39
काठमाडौं । जीवन सिकाइ, अनुभव र भोगाइको निरन्तर प्रक्रिया हो । अनुभव र भोगाइको धरातलबाट हामी जुन पाठ सिक्नको लागि निरन्तर प्रयास गर्छौ तेहि सिकाइले योग्यताको विशालरुप लिन सक्छ । तब मात्र हामी योग्य निडर र सफलताको भागेदारी बन्न सक्छौ अन्यथा हामी यथास्थितिमा नै खुम्चिन बाध्य हुन्छौ ।
सिन्धुलीका राम घिमिरेले २५ वर्ष भन्दा लामो समयदेखि आफुलाई व्यवसायमै केन्द्रित गर्दै आइरहेका छन् । उनि आफ्नो व्यवसायिक यात्रामा सबैभन्दा धेरै आफ्नो सिकाई, अनुभव र भोगाइलाई विश्वास गर्छन् । जसले उनलाई हरेक सफलतामा साथ दिने गरेको छ । यस अवधिमा उनले हरेक व्यवसायीको जीवनलाई नजिकबाट नियाले । कयौलाई सकेको साथ सहयोग गरे । चाहे त्यो व्यक्तिगत हिसावले होस् या त विभिन्न सामाजिक संघ संस्था मार्फत नै किन नहोस् । त्यहि प्रगाढ सम्बन्धकै कारण नेपालमा मात्रै होइन विश्वमै सबैभन्दा जटिल मानिने अभिकर्ता पेशामा उनि छोटो समयमै सफलताको शिखर चुम्न सफल भएका छन् । उनि विगत दुई वर्ष प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक धेरै जीवन बीमा व्यवसाय भित्राउने अभिकर्ता बन्न सफल भएका छन् ।
साविक महालक्ष्मी लाइफमा काम सुरु गरेको पहिलो तीन महिनामै एमडिआरटी बनेका घिमिरे त्यस पछिको वर्षको ६ महिनामै एमडिआरटी बन्न सफल भए । विगत तीन वर्षदेखि उनि लगातार एमडिआरटी क्वालिफायर्ड घिमिरेका लागि एमडिआरटीको लक्ष्य निकै सामान्य बनिसकेको छ ।
कार्गो, होटल तथा पर्यटन व्यवसायमा व्यस्त रहने घिमिरे जीवन बीमाको बारेमा धेरै जानेर बुझेर प्रवेश गरेका थिएनन् । यद्यपी उनि आफै भने केहि कम्पनीको बीमित भइसकेका थिए । साथिभाइको अनुरोधमा बीमा गरिसकेका उनलाई एक दिन उनकै भाइ लक्ष्मण घिमिरेले बीमा अभिकर्ता बनेर काम गर्न सुझाउछन् । उनि भन्छन् 'म भन्दा पहिला मेरो भाइले पेप्सिकोला शाखाबाट काम गरिरहेको रहेछ । एक दिन उसले मलाई तपाईले यो काम सजिलै गर्न सक्नु हुन्छ भन्यो । कुरा बुझ्दै जादा ठिकै छ एक पटक हेरौ न त भनेर लाइसेन्स लिएको थिए ।'
२०७८ सालको असारमा अभिकर्ताको लाइसेन्स लिएका उनले भदौ महिनासम्ममा एमडिआरटीको लक्ष्य हासिल गर्न सफल भए । यसरी भाइको अनुरोधलाई स्वीकार गर्दै साविक महालक्ष्मी लाइफबाट व्यवसाय सुरु गरेका उनले छोटो समयमै आफुलाई सफल अभिकर्ताको रुपमा परिचित छन् । गएको आर्थिक वर्षमा घिमिरेले २ करोड रुपैयाँको व्यवसाय भित्र्याए त्यो पनि व्यक्तिगत कोड मार्फत । समुह तर्फ भने उनकै भाइ लक्ष्मण घिमिरे नेपाल प्रथम भएका थिए ।
आजका दिनमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा मात्रै २८ हजार भन्दा धेरै अभिकर्ताहरु छन् । २८ हजार अभिकर्ता मध्येबाट नेपाल प्रथम हुनु पक्कै पनि सानो उपलब्धी होइन । पछिल्ला दुई आर्थिक वर्षमा सर्वाधिक जीवन बीमा व्यवसाय भित्र्याउदै नेपाल प्रथम भइसकेका उनले यस वर्ष पनि नेपाल प्रथम भएर ह्याट्रिक गर्ने योजना बनाएका छन् ।
उनको बीमा प्रतिको लगाव अभिकर्ता भएर काम गर्नु भन्दा धेरै अगाडीदेखि थियो । धेरै अगाडी साथिभाइले मेट लाइफमा गराएको बीमा पोलिसी परिपक्व भइसकेको छ भने नेपाल लाइफमा अझै पनि उनि बीमा शुल्क तिरिरहेका छन् । यसबाट पनि थाहा हुन्छ, उनको धेरै पहिलादेखि बीमा प्रति राम्रै झुकाव थियो । घिमिरे बीमा बाहेक अन्य धेरै क्षेत्रमा संलग्न छन् । विभिन्न संघ संस्थाका साथै कार्गोमा उनले निकै लामो अनुभव संगालिसकेका छन् ।
सिन्धुलीमा जन्मिएका घिमिरे एसएलसीसम्मको अध्ययन पुरा गरेर उच्च शिक्षाको लागि काठमाडौ भित्रिएका थिए । अध्ययन सँगै करिअरलाई पनि सँग सँगै अगाडी बढाए । आजको दिनमा १० कक्षामा पढ्ने छोरा र ८ कक्षामा पढ्ने छोरीका साथै घर व्यवहार श्रीमतीले सम्हालिदिदा उनको जीवन निकै सहज बनेको छ । यस पेशामा श्रीमतिको पनि ठुलो साथ सहयोग रहेको छ ।
यसरी व्यवसायिक सफलता हासिल गर्ने क्रममा उनले आफ्नो जनजम्पर्कलाई व्यापक बनाइसकेका छन् । जुन सम्बन्ध र सम्पर्क नै आजका दिनमा उनको अर्को सफलताको आधार बनेको छ । व्यक्तिगत सम्बन्ध, व्यवसायिक सम्बन्ध, बीमा प्रतिको ज्ञान र बीमितलाई पुर्ण रुपमा बुझाउन सक्ने क्षमता कै कारणले गर्दा उनले आजसम्म कुनै बीमा प्रस्तावमा अस्वीकार भोग्नु परेको छैन ।
उनको एउटा स्वभाव छ, जो सँग अत्यन्तै राम्रो सम्बन्ध छ उनिहरुलाई मात्रै बीमाको बारेमा कुरा खोल्छन् । एक चरणको कुराकानीमा हुन्छ भन्ने मनासय व्यक्त हुने वित्तीकै उनले यस विषयमा अझ विस्तृत जानकारीका शाखा प्रमुखलाई प्राविधिक तथा प्रक्रियागत कुराहरु बुझाइदिन अनुरोध गर्छन् । जसले गर्दा बीमितले सही जानकारी पाउने उनको भनाइ छ । उनि भन्छन् 'मेरो एक चरणको कुराकानी भए पछि फर्म भर्नेदेखि लिएर सम्पुर्ण जिज्ञासाहरु मेटाइदिन कम्पनीको ब्रान्च म्यानेजरलाई नै अनुरोध गर्छु ।' उनि आफुले मनले खाएको व्यक्तिलाई मात्रै बीमाको प्रस्ताव गर्छन् जो सँगको सम्बन्ध निकै सुमधुर र आत्मिय छ । यस क्रममा उनको बीमालाई बुझाउने दुई वटा टेक्निक छ । पहिलो 'बीमा गर्दा तपाईकै पैसा बचत हुन्छ', दोस्रो जसको व्यवसायिक जीवनमा उच्च जोखिम छ उनिहरुलाई जोखिम बराबरकै बीमा गर्न प्रोत्साहित गर्छन् ।
व्यस्त व्यवसायिक जीवनबाट बीमाका लागि समय निकाल्न उनलाई निकै मुस्किल पर्छ । यसले गर्दा प्रायः डिल सामान्य चियागफ र अनौपचारिक कुराकानीमै टुङ्गिन्छन् । उनको टार्गेट पनि आफु जस्तै व्यस्त र विभिन्न पेशा व्यवसायमा सक्रिय रहेकै साथिभाइहरुमै हुने गर्छ । जसले गर्दा अन्य अभिकर्ता र घिमिरेको कार्यशैली एकदमै फरक छ । उनि यस्ता व्यक्तिहरु सँग बीमाको प्रस्ताव गरिरहेका हुन्छन् जो मानिसहरु सँग अन्य सामान्य अभिकर्ताले पहुँच पनि राख्न सक्दैनन् ।
उनि भन्छन् 'आजका दिनमा सबैभन्दा ठुलो आधार भनेको पिआर 'सुमधुर सम्बन्ध' नै हो । यदि राम्रो सम्बन्ध छैन भने कसैले पनि यसो गर्नु पर्यो भन्दैमा मान्नु हुन्न । त्यसैले जति पनि बीमा भएको छ त्यो बीमा कम्पनीलाई भन्दा पनि हामीलाई बढि विश्वास गरेर भएको छ । कतिपयले त बीमा कम्पनी समेत चिन्नु हुन् केवल फलाने मेरो बीमा गरिदिएको छ भन्नु हुन्छ ।'
उनले अहिलेसम्म बीमा गरेका कुनै पनि पोलिसी ल्याप्स वा सरेण्डर भएका छैनन् । बीमा गरेका व्यक्तिहरु आफै बीमा शुल्क तिर्ने कार्यमा चनाखो हुने गरेको घिमिरे बताउछन् । उहाँहरु आफैले बीमाको सम्पुर्ण पक्ष बुझिसकेकाले धेरै कुरा बुझाएर बसिरहनु नपर्ने उनि बताउछन् । उनि भन्छन् 'बीमाको बारेमा बुझेका र शिक्षत व्यक्तिहरुलाई बीमा गराइसके पछि उहाँहरुलाई धेरै बुझाइरहनु पर्दैन । यो मेरै लागि हो भन्ने कुरा बुझिक्नु हुन्छ ।'
बीमा ऐनको दायरामा रहेर नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएर गरिने पेशा भए पनि अभिकर्तालाई हेरिने दृष्टिकोण प्रति भने उनि चिन्तित छन् । पेशा प्रतिको इमान्दारिता, ज्ञानको कमि र उच्च प्रतिस्पर्धाले गर्दा कतिपय अभिकर्ता मिस सेलिङ्ग गरिरहेकोले पनि दृष्टिकोणमा परिवर्तन नआएको हुन सक्ने उनको तर्क छ ।
अभिकर्ता पेशालाई मर्यादित र सम्माननीय बनाउन लाइसेन्स दिने बेलादेखिनै प्रक्रियाहरु परिवपक्व बनाउनु पर्ने उनि बताउछन् । जसका लागि संख्यात्मक भन्दा पनि गुणात्मक बनाउने गरी तालिम संरचना बनाउनु पर्ने, प्रत्येक वर्ष गर्ने व्यवसायको आधारमा अभिकर्ताको वर्ग छुट्टाउनु पर्ने, व्यवसायको आधारमा धरौटीसम्मको व्यवस्था गरिदिनु पर्ने उनको सुझाव छ । यति गरिसके पछि राम्रो गुडविल बनाएका अभिकर्तालाई व्यवसाय प्रवर्द्धनका लागि ऋण दिने व्यवस्था हुनु पर्ने उनि बताउछन् ।
व्यवसाय सँगै सामाजिक कार्यमा सक्रियता
उनि बीमा मात्रै नभएर सामाजिक काममा पनि उत्तीकै सक्रिय छन् । उनलाई सामाजिक काममा हिड्न तथा सक्रिय पुर्वक लाग्न एक्दमै मन पर्छ । उनि २००७ मै रोट्र्याक क्लबको प्रेसिडेन्ट बनिसकेका थिए । जन्म जिल्ला सिन्धुलीमा पनि उनले धेरै वटा सामाजिक संघ संस्था सँगको सहकार्यमा सहयोगका कार्यक्रमहरु गरिसकेका छन् । व्यक्तिगत, सामाजिक र व्यवसायिक जीवनमा उनि विश्वका धेरै मुलुकमा पुगिसकेका छन् । विदेश भ्रमणकै क्रममा पनि उनको बीमा गर्ने क्रम भने चलिरहेकै हुन्छ । कतिपय अवस्थामा उनको बीमा पोलिसी नेपालमा रहेको अवस्थामा भन्दा पनि राम्रो जारी भएका उदाहरण छन् । उनको सामाजिक व्यक्तित्व र छवीकै कारणले गर्दा पनि घर परिवार टोल छिमेक संघ संघठनहरुमा उनिको छवि निकै राम्रो बनिसकेको छ ।
सक्रिय जीवनमै क्षमताले भ्याएसम्म बीमा गर्नु पर्छ
बीमा सक्रिय जीवनमै गरिसक्नु पर्छ । जति उमेर ढल्कदै जान्छ प्रिमियम तिर्न सक्ने क्षमता कम हुँदै जान्छ त्यसैले आफ्नो सक्रिय उमेरमै सक्दो धेरै बीमा गर्न उनि आग्राह गर्छन् । जति ठुलो रकमको बीमा गर्यो त्यसबाट फाइदा पनि धेरै ठुलो लिन सकिन्छ । यसले गर्दा सजिलै विना धितो कर्जा लिन सकिने भएकाले आर्थिक संकटमा सबैभन्दा ठुलो साथी बीमा कम्पनी हुने उनि बताउछन् ।
बीमा गराउदा जहिले पनि घरको मुली व्यक्ति जसको कमाइमा परिवार चलेको हुन्छ उसैको बीमा गर्नु पर्ने उनको भनाइ छ । उमेर समुह र आम्दानीको स्रोत अनुसार बीमा पोलिसी थप्दै जानु पर्ने घिमिरेको आफ्नै फर्मुला छ । उनि भन्छन् 'उमेर ढलिक्दै जादा जति पछि भयो त्यति बीमा शुल्क महंगो पर्न जान्छ साथै बीमा पनि नहुन सक्छ । यसले गर्दा कमाउन सुरु गरे पछि १५/२० वर्षको, त्यस पछि राम्रो कमाइ भएर स्तरउन्नती भए पछि अर्को एउटा राम्रो पोलिसी लिनु पर्छ । साथै अव मेरो कमाउने दिन सकिदैछ है भन्ने लागे पछि नियमले भ्याउने अवधिसम्मको अवस्थामा अर्को एउटा पोलिसी लिइयो भने सधै बीमाबाट कभरेज भइन्छ ।'
यसरी बीमा गर्दा जति बेला आफुलाई पैसा चाहिन्छ त्यो पैसा आफै तयार हुँदै जाने र जीवनका हरेक अप्ठ्यारा पलहरुमा पैसाको जोहो हुँदै जाने उनको विश्लेषण । यहि फर्मुला अनुसार उनि उमेर ढल्किदै गएका साथिहरुलाई पोलिसी थप्न अनुरोध गर्छन् ।
यदि आफु सँग पैसा छ भने क्षमताले भ्याएसम्म बीमा गर्न उनि सुझाव दिन्छन् । उनि भन्छन् 'यदि तपाई वर्षको १०/१५ लाख रुपैयाँ प्रिमियम तिर्न सक्नु हुन्छ भने ५० लाख घटिको बीमा नगर्नुहोस् ।' उनि भन्छन्, जति सुकै उमेर ढल्किदै गए पनि ५० लाखको बीमा गर्न दिनको एक हजार रुपैयाँ भए पुग्छ । व्यापार व्यवसाय गर्नेका लागि यो रकम दैनिक खाजा खर्च बराबरको हो । नियमित रुपमा तलव बुझ्नेहरुले पनि बचतको रकमलाई सकेसम्म बीमामा लगाउने हो भने धेरै राम्रो बीमा पोलिसी खरिद गर्न सकिन्छ ।
प्राय अभिकर्ताहरु बीमितले 'मलाई धेरै ठुलो ऋण छ' भन्ने थाहा पाउने वित्तीकै फलअफ गर्न छाडिदिन्छन् । तर घिमिरे जो सँग ठुलो ऋण छ उसैलाई सबैभन्दा पहिलो टार्गेट बनाउछन् । यदि, कसैले १० करोड कर्जा लिएको छ भने उसले न्युनतम १० प्रतिशतका दरले पनि महिनाको १० लाख व्याज तिर्छ । जवकी यो व्याज खर्चबाट कम्तिमा पनि ५ करोड रुपैयाँको बीमा गर्न पुग्छ । यदि कसैले १० करोडको कर्जा लिएको छ भने उनि कम्तिमा पनि ५ करोडको बीमा गर्नु सुझाउछन् ।
उनि भन्छन् 'तपाईले बैंकलाई प्रत्येक महिना व्याज बापत १० लाख रुपैयाँका दरले बुझाउनु हुन्छ । यसबाट एक रुपैयाँ पनि सावा घट्दैन । तर व्यवसाय डुब्न पनि सक्छ । त्यो ऋण विना धितो धरौटी पाएको पनि हुँदैन ।'
कर्जा तिर्न नसकेको अवस्थामा बैंक एक किसिमले सत्रु जस्तै हो । जव तपाईलाई केहि अप्ठ्यारो पर्छ बैंकमा सरेण्डर गर्न मिल्दैन । बैंकले तपाई सँग भएको धितो धरौटी सबै लिलाम गर्छ । भोलि गएर त्यो १० करोडको सम्पत्ती ५ करोडमा झर्छ ।
त्यसैले यस्तै अवस्थामा उनि सबैलाई कम्तिमा पनि ५ करोडको बीमा गर्न अनुरोध गर्छन् । जवकी मासिक १० लाख रुपैयाँ भन्दा धेरै रकम व्याज तिर्न सक्नेले ५ करोडको बीमा गरेर वर्षको ३०/३५ लाख रुपैयाँ बीमा शुल्क बुझाउन नसक्ने अवस्थै आउदैन । यदि विच विचमा केहि समस्या पर्यो भने सोहि पोलिसी धितोमा राखेर कर्जा समेत लिन सकिने भएकाले बीमा हरेकका लागि दुखको साथि बन्न पुग्दछ । यदि १० वर्षे कर्जा अवधिलाई लक्षित गर्दै सोहि कण्डिसनमा १० वर्ष अवधिकै ५ करोडको बीमा गरियो भने पोलिसी परिपक्व हुँदै गर्दा सोहि पैसाबाट साँवा भुक्तानी गर्न सकिन्छ । यसरी कर्जा र बीमालाई बण्डलिङ गरेर अगाडी बढियो भने जस्ता सुकै जटिल परिस्थितिलाई पनि सामाना गर्न सकिने घिमिरेको सुझाव छ । (प्रस्तुत अंकहरु केवल बुझाउनका लागि दिइएको उदाहरण मात्रै हुन् ।)
यदि कदम कदाचित कर्जा तिर्न सकिएन भने घर जग्गा सम्पत्ती लिलाम हुन्छ तर पोलिसीलाई अगाडी बढाउन नसक्दा सरेण्डर गरेर पनि थप रकम पाउन सकिन्छ । हैन जस्तो दुःखमा पनि पोलिसी चाँही सरेण्डर गर्दिन बरु पोलिसी धितोमै राखेर भए पनि पोलिसीलाई निरन्तरता दिन्छु पनि भन्न सकिन्छ । उनि भन्छन् 'यस्तो अवस्थामा उसको सबैभन्दा ठुलो सहारा भनेको बीमा हो । भोलि केहि भइहाल्यो भने बीमाबाटै आएको पैसाले उसको घर परिवार बचाउछ ।' उनि ऋण लिएका जो सुकै सँग आधा घण्टा बस्न पाए भने बीमा गर्न राजी गराउछन् ।
छोटो समयमै अभिकर्ता पेशामा सफल घिमिरेको सोच अन्य ठुला कम्पनीहरुका अभिकर्ताले भन्दा धेरै बीमा शुल्क आर्जन गरेर रेकर्ड बनाउनेसम्मको छ । यसका लागि उनि दत्त चित्त छन् । फुर्सदको समय बीमामै लगाउछन् । हरेक मिटिङलाई कहि न कहि बीमामै जोड्ने प्रयास गर्छन् ।
तत्काल जस नपाए पनि भविष्यमा स्यावासी दिने पेशा
'मैले जसलाई पनि बीमा गरेको छु उसले अहिलेको अवस्थामा मन मनै गाली गरिरहेको हुन्छ । हरेक वर्ष लाखौ रुपैयाँ कम्पनीलाई बुझाइराखेको छ तर प्रतिफल पाएको हुँदैन । अहिले त खर्च मात्रै भएको अनुभुति हुन्छ ।' उनि थप्छन्, बीमितले मलाई त्यतिवेला सम्झिन्छ जतिवेला उसले बीमा पोलिसी परिपक्व भएर एकमुष्ठ रुपमा रकम हात पार्छ । जुन रकमले आफ्नो कुनै न कुनै गर्जो टार्छ । यस सँगै बीमा अभिवधिमा बीमितको जीवनमा भवितव्य केहि भइहाल्यो भने पनि कम्पनीले परिवारलाई एकमुष्ठ रुपमा बीमाङ्क रकम उपलब्ध गराउछ । त्यस पछि बीमित तथा उहाँहरुको परिवारले हामीलाई धन्यवाद भन्नु भयो भने त्यो भन्दा खुसीको क्षण अरु केहि नहुने उनि बताउछन् ।
बीमाले क्यान्सर लगायत १५ वटा प्राणघातक रोग लाग्यो भने पनि दाबी भुक्तानी दिने भएकाले उनि हरेक बीमितलाई अनिवार्य यस्तो जोखिम कभर हुने गरि राइडर लिन सुझाव दिन्छन् । यदि बीमितको कुनै कारणले मृत्यु भयो अथाव यस्ता रोग लागेर कम्पनीले दाबी दियो भने त्यतिवेला पनि बीमितले फलानाले सहि गर्यो भन्छन् ।
उनि बीमितलाई कहिल्यै पनि नहुने र नभएको कुरा गर्छैनन्, यथार्थ बोल्छन् । उनिले आफु तथा आफ्नो परिवारका सदश्यहरुको बीमा पनि प्रभु महालक्ष्मी लाइफमै गराएका छन् । आफुले सकेको समयमा गरिएको बीमाबाट भविश्यमा आर्थिक जोखिम हस्तान्तरण गर्न सकिने भएकाले यो हरेकको जीवनमा अपरिहार्य रहेको भन्दै उनि सबैलाई बीमालाई जीवनको अभिन्न अंग बनाउन अनुरोध गर्छन् ।
प्रतिक्रिया