Nepal Life

लगानीकर्ताले हिमालयन ८०-२० म्युचुअल फण्डलाई रुचाएनन्, म्याद सकिन ५ दिन बाँकी हुँदा ५१% मात्रै विक्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 06:43
लगानीकर्ताले हिमालयन ८०-२० म्युचुअल फण्डलाई रुचाएनन्, म्याद सकिन ५ दिन बाँकी हुँदा ५१% मात्रै विक्यो
Sanima Reliance

काठमाडौं । प्राथमिक बजारका लगानीकर्ताले हिमालयन ८०-२० म्युचुअल फण्डलाई नरुचाउदा पुर्ण रुपमा बिक्रि नहुने भएको छ । ढिलोको म्याद सकिन ५ कार्यदिन मात्रै बाँकी हुँदा ५१ प्रतिशत बिक्री भएको छ । फण्डले पहिलो चरणमा साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म बिक्री खुला गरेको थियो । तर पहिलो चरणमा एकदमै कम आवेदन परे पछि ढिलोको अवधिसम्मका लागि बिक्री खुला गरिएको छ । अव फण्डले यहि भदौ १५ गतेसम्म मात्रै आवेदन खुला गर्न सक्ने छन् ।

NIMB

यस योजनाको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्रीमा रहेकोमा कुल बिक्रीमा रहेको इकाई मध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकले खरिद गरिसकेको र बाँकी र ८५ प्रतिशत अर्थात् ८ करोड ५० लाख इकाईहरु सर्वसाधारण लगानीकर्ताहरुलाई छुटयाइएको छ ।

सर्वसाधारणका लागि छुट्टाइएको इकाईका लागि हालसम्म ४० हजार ३४२ जनाले मात्रै आवेदन दिएका छन् । उनिहरुले ४ करोड ३४ लाख ९७ हजार ३५० कित्ताका लागि मात्रै आवेदन दिएका छन् । जवकी फण्डले ८ करोड ५० लाख इकाई बिक्रीका लागि आह्वान गरेको छ ।

दोस्रो बजारमा अन्य म्युचुअल फण्डको प्रस्तुतिकरण र बजार मूल्यलाई हेरेर पनि लगानीकर्ताले म्युचुअल फण्डलाई नरुचाएका हुन् । त्यसमा पनि यो हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । त्यसमा पनि १० वर्ष अवधिको बन्दमुखी योजना भएको हुँदा भोलिका दिनमा यसले दिन सक्ने प्रतिफललाई लगानीकर्ताले नरुचाउदा बिक्री हुन नसकेको हो ।

अहिलेसम्म बिक्री हुन नसकेको यो योजनामा अवको ५ दिनमा खासै ठुलो आवेदन पर्न सक्ने देखिदैन । त्यसैले गर्दा योजनाको आकार नै सानो हुने भएको छ । प्रवर्द्धकहरुको १५ प्रतिशत र सर्वसाधारण समुहको ५१ प्रतिशत सहित जम्मा ६६ प्रतिशत मात्रै बिक्री भएको छ । यो भनेको म्युचुअल फण्डको आकार नै ६६ करोडको मात्रै हुनेछ ।

म्युचुअल फण्ड प्रवर्द्धक मर्चेन्ट बैंकको कार्यशैलीलाई लिएर लगानीकर्ताहरुले प्रश्न गरिरहेका छन् । ठुलो व्यवस्थापन खर्च त्यसमा पनि कर्मचारीले शेयर खरिद बिक्री गरिदिने भएकाले यिनिहरुले खासै राम्रो प्रतिफल दिन सकेका छैनन् । प्राविधिक विश्लेषक तथा दक्ष समुहले सिस्टमेटिक रुपमा खरिद बिक्री गर्ने भए पनि म्युचुअल फण्डहरुले सर्वसाधारण लगानीकर्ताले हासिल गर्ने प्रतिफल पनि आर्जन गर्न नसक्दा न्याभ रिपोर्ट राम्रो छैन । अर्को तर्फ बजार बढ्यो भने न्याभ बढ्ने र घट्यो भने घट्ने प्रवृत्ती म्युचुअल फण्डमा छ । म्युचुअल फण्डले बजारको लय सँग सँगै आफुलाई अगाडी बढाएको भान हुन्छ । उनिहरुले रणनीनिक रुपमा कम्पनीहरु छानेर घटेको समयमा पनि राम्रा कम्पनीलाई  छानेर प्रतिफल दिने गरेको देखिदैन । बजार घट्दा पोर्टफेलियो नै लस देखिने अनि बजार बढ्दा बढेको देखिनु भनेको बजार घट्दैछ वा बढ्दैछ भन्ने उचित मूल्याङ्कन गर्न नसक्नुले हो । यो नै उनिहरुमा देखिएको कमजोरी हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया