नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व : सहयोगदेखि नवप्रवर्तनलाई प्रवर्द्धन गरि रोजगारी सिर्जना गर्दै
- BFIS News
- 2024 Dec Sat 07:39
काठमाडौं । नबिल बैंकले बैंकिङ्ग सेवाका साथै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको छ । हरेक वर्ष झै गएको वर्षमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रति अग्रसर रही समाजमा सकारात्मक परिवर्तनका लागि विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिएको बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल बताए ।
सामाजिक उत्तरदायित्व मार्फत समाजको सकारात्मक परिवर्तनलाई आगामी पुस्ताको लागि दिगो समाज निर्माण गर्न बैंकले शिक्षा, स्वास्थ्य, वातावरणीय र अन्य सामाजिक मुद्दाहरूलाई सँधै आत्मसात् गरिरहेको अध्यक्ष पौडेलले बताए ।
संयुक्त राष्ट्रसंघको दिगो विकासका (सन् २०१६ – २०३०) लक्ष्यलाई समर्थन गर्दै सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अगाडि बढाउदै आइरहेको छ ।
बैंकले वित्तीय साक्षरता, स्वास्थ्य, शिक्षा, उद्यमशीलता, संस्कृति जर्गेना तथा प्रवद्र्धन, मानव सेवा आदि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नेपालमा विभिन्न कालखण्डमा आइपरेका दैविक तथा प्राकृतिक प्रकोप र महामारीमा नबिल बैंकले सहयोगी हातहरू सँधै अघि बढाएको छ । नबिल बैंकले २०७२ सालको भूकम्पमा प्रधानमन्त्री दैविक प्रकोप कोषमा आर्थिक सहयोग गरेको थियो।
यस्तै गरी Covid 19 माहामारीका दौरानमा वीर अस्पताललाई Oxygen Plant हस्तान्तरण गरेको थियो र प्रधानमन्त्री दैविक प्रकोप कोषमा पनि आर्थिक सहयोग गरेको थियो । यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रहरूमा अघिल्लो आर्थिक वर्ष झै गएको वर्षमा पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो ।
वित्तीय साक्षरता अन्तर्गत बैंकले विपन्न वर्ग, पिछडिएका क्षेत्र आदिलाई लक्षित गर्दै कार्यक्रमहरू सञ्चालन गरेको थियो। त्यसैगरी विभिन्न क्षेत्रमा आयोजना भएका आयमूलक, तथा वित्तीय चेतनामूलक कार्यक्रमहरूमा सहयोग गरेको थियो। यसै अनुरुप बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णालाी र सुदूरपश्चिम प्रदेशमा विभिन्न समूह जस्तै लघु, घरेलु, तथा साना उद्योग व्यवसायीहरू, किसान समूह, युवाहरू, महिला समूह, वैदेशिक रोजगारबाट फर्केका आदिलाई विभिन्न चरणका वित्तीय साक्षरता एवं Digital Financial Literacy सम्बन्धी तालिमहरू दिएको छ।
यसै तालिम अनुरुप मधेश प्रदेशमा पहिलो पटक मुसहर समुदायका महिलाहरूलाई वित्तीय साक्षरताको तालिम प्रदान गरिएको थियो। यी ६ प्रदेशमा महिला र पुरुष दुवैगरी जम्मा ८२७ जनालाई तालिम दिइएको थियो।
त्यस्तैगरी बैंकले विभिन्न कार्यक्रमको आयोजना गर्दै सामाजिक सञ्जाल मार्फत वित्तीय साक्षरताका जानकारीमूलक सामग्रीहरू सार्वजनिक गरी Global Money Week मनाएको थियो । विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता कार्यक्रम मार्फत बचत, लगानी आदिका बारेमा जानकारी दिने क्रियाकलापहरू सञ्चालन गरिएको बैंकले जनाएको छ ।
सातै प्रदेशमा रहेका बैंकका विभिन्न शाखाहरूबाट तथा विभिन्न संस्थाहरूसँग मिलेर करिब २,३१३ विद्यार्थीलाई वित्तीय साक्षरता, विद्युतीय कारोबार प्रवद्र्धन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसैगरी नबिल बैंकले ३,१०० भन्दा बढी विद्यार्थीहरूलाई Digital Financial Literacy सम्बन्धी तालिम पनि प्रदान गरेको थियो ।
वित्तीय साक्षरता अन्तर्गत नै नबिल बैंकले आफ्न विभिन्न शाखा तथा अरु संस्थाहरूसँग मिलेर ५०० महिला तथा अन्य समूहका व्यक्तिहरूलाई वित्तीय साक्षरता तालिम कार्यक्रम सञ्चालन गरेको छ । यी कार्यक्रमहरूको उद्देश्य वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै समाजमा वित्तीय साक्षरता, ज्ञान र सीप विकास गर्नु हो।
शिक्षा सेवा अन्तर्गत बैंकले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो, जसमा विपन्न, पिछडिएका वर्गका परिवारका विद्यार्थीहरूलाई विभिन्न सहयोग गरिएको छ । यस अन्तर्गत नबिल बैंकले 100 Group संस्थासँग सहकार्य गरेर आर्थिक रूपमा कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृति प्रदान गरेको छ । यसैगरी Samata Education Trust मार्फत कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णालाी र सुदूरपश्चिम प्रदेशमा ३,२०० विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न मद्दत गरिएको बैंकले जनाएको छ ।
नबिल बैंकले काठमाडौ“ विश्वविद्यालयसँग सहकार्य गरी Nabil Gyan Jyoti Endowment Fund स्थापना गरेको छ । यस कोषबाट काठमाडौ“ विश्वविद्यालयको व्यवस्थापन संकायका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृति प्रदान गरिने बैंकले उल्लेख गरेको छ ।
नबिल बैंकले धनगढी उप–महानगरपालिकालाई, ‘उप–महानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोष’ मा छात्राहरूका लागि विद्यालय पोशाकका लागि सहयोग गरेको छ । यस्तै सहयोगमा बैंकले सुदुरपश्चिम प्रदेशको डोटी जिल्लाको सयल गाउँपालिकामा अवस्थित श्री भवानी माध्यमिक विद्यालयका ३५० विद्यार्थीहरूलाई स्कूलको जुत्ता प्रदान गरेको छ । नबिल बैंकले कैलालीका ऐश्वर्य विद्यानिकेतनलाई ३ वटा डिजिटल प्रोजेक्टर, काठमाडौंको चन्द्रागिरि नगरपालिकामा अवस्थित श्री कंकाली माध्यमिक विद्यालयलाई १ तथा काठमाडौ“को पुतलीसडकमा अवस्थित शंकर देव क्याम्पसलाई २ वटा Smart Interactive Flat Panel प्रदान गरेको छ ।
यसका साथै अन्य विभिन्न शैक्षिक संस्था तथा अरु संस्थाहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा बैंकको सहयोगमा नवलपरासीको सुस्ता पुर्वमा अवस्थित मध्यविन्दू जिल्ला अस्पताल तथा वर्दघाटमा अवस्थित चिसापानी अस्पतालमा ५८ जना व्यक्तिहरूलाई कृत्रिम हात खुट्टा प्रदान गरेको छ ।
यसैगरी आबुखैरेनी गाउँपालिकामा अवस्थित आबुखैरेनी अस्पताललाई हेमोडायलाइसिस र शल्यक्रिया सेवा सञ्चालनका लागि आकास्मिक रक्त सञ्चार केन्द्रका लागि फ्रिज प्रदान गरेको छ । यसरी नै पोखरामा अवस्थित पोखरा विश्वविद्यालयको शिक्षण अस्पताललाई यु.एस.जी. मेशिन प्रदान गरेको छ । स्वास्थ्य क्षेत्रमा सहयोगकै सिलसिलामा नबिल बैंकले डोटीमा अवस्थित द्वारिका देवी ठकुरानी ट्रष्टलाई डोटीको बोगटान गाउँपालिका र के.आई.सिंह गाउँपालिकाका ६४ जना महिलाहरूलाई सुरक्षित मातृत्व सम्बन्धी तालिम दिन सहयोग गरेको छ ।
संस्कृति जगेर्ना तथा प्रवर्द्धनमा यस बैंकले विभिन्न कार्यक्रमलाई सहयोग गर्दै आएको छ । यसै अन्तर्गत जनकपुरको इतिहास, कला र साहित्यको प्रवद्र्धनका लागि ‘जनकपुर साहित्य महोत्सव’ कार्यक्रमलाई सहयोग गरेको छ । यसैगरी नेपालको कला, साहित्य, संगित आदिको प्रवद्र्धन तथा जगेर्ना गर्न नेपाल साहित्य महोत्सव र काठमाडौं कलि· साहित्य महोत्सवहरूलाई सहयोग गरेको छ ।
विपद् व्यवस्थापनमा पनि नबिल बैंकले अग्रणी भूमिका खेलेको छ । बैंकले गतवर्ष जाजरकोटमा गएको विनाशकारी भूकम्पमा आफ्नो घर गुमेकाहरूलाई अस्थायी टहरा निर्माण गरेको छ ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका तथा रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा जम्मा ९६ वटा अस्थायी टहरा निर्माण गरेको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउ“पालिका तथा बाह्रबिसे नगरपालिकाका पहिरोबाट प्रभावित ३१ घरधुरीलाई डिग्निटी किट प्रदान गरेको छ ।
विपद् व्यवस्थापनमा पनि नबिल बैंकले अग्रणी भूमिका खेलेको छ । बैंकले गतवर्ष जाजरकोटमा गएको विनाशकारी भूकम्पमा आफ्नो घर गुमेकाहरूलाई अस्थायी टहरा निर्माण गरेको छ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका तथा रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा जम्मा ९६ वटा अस्थायी टहरा निर्माण गरेको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउ“पालिका तथा बाह्रबिसे नगरपालिकाका पहिरोबाट प्रभावित ३१ घरधुरीलाई डिग्निटी किट प्रदान गरेको छ ।
यसरी नै वातावरण संरक्षण क्षेत्रमा पनि नबिल बैंकले महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली सेनाको सफा हिमाल अभियान २०२४ मा सहयोग गरी नेपालका विभिन्न हिमाली क्षेत्रबाट ११ टन फोहर र ५ वटा मानव लास संकलन गरेको छ । यसैगरी नेपालको फोहर व्यवस्थापनको चुनौती र यसका समाधानका विषयहरूमा भएका विभिन्न गोष्ठीमा पनि यस बैंकले सहयोग गरेको छ । नबिल बैंकले विभिन्न अनाथालय तथा वृद्धाश्रमलाई पनि विभिन्न तरिकाबाट सहयोग गरेको छ । बैंकले मानवसेवा आश्रम नामक गैर सरकारी संस्थालाई २ वटा उद्धार वाहन प्रदान गरेको छ । सो वाहनहरूले सडकमा आश्रित घरबार विहिनहरूको उद्धार गरी मानवसेवा आश्रममा पुर्याइदिने छ ।
Nabil School of Social Entrepreneurship (Nabil SSE)
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम Nabil School of Social Entrepreneurship (Nabil SSE) सञ्चालन गर्दै आइरहेको छ। समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिएको अध्यक्ष पौडेलले बताए ।
स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप श्रोत उपलब्ध गराई सामाजिक उद्यम प्रवद्र्धन गर्ने उद्देश्यका साथ NABIL SSE ले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम त्रिभुवन विश्वविद्यालयसहित नेपालको सातै प्रदेशमा १२ वटा शैक्षिक संस्थासँग मिलेर सञ्चालन गर्दै आइरहेको छ।
यस NABIL SSE को Fellowship Program त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय School of Management (SOMTU) सँगको सहकार्यमा सञ्चालन भइरहेको छ । यस कार्यक्रमले उद्यमशीलतामा लागेकाहरूलाई चाहिने सीप श्रोत प्रदान गरी उनीहरूको उद्यमलाई सफल दिशामा लान मद्दत गर्दछ । यस कार्यक्रम मार्फत् अहिलेसम्म ५६ जना सामाजिक उद्यमीहरूले तालिम लिइसकेको र त्यसबाट ४५ वटा उद्यम स्थापना गरी प्रत्यक्ष तथा परोक्ष गरी ११८४ रोजगारी सिर्जना गरेका छन्। हालसम्म ती उद्यमीहरूमध्ये ११ जनाले राष्ट्रिय र ३ जनाले अन्र्तराष्ट्रिय क्षेत्रबाट उद्यमसँग सम्बधित विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। साथै ३ जनाले funding समेत प्राप्त गरेका छन्।
यसैगरी NABIL SSE अन्तर्गत सातै प्रदेशमा रहेका १२ वटा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा ३ महिने Certificate Course पनि सञ्चालन भइरहेको छ । यस कार्यक्रमले उद्यमशीलतामा इच्छा भएको, उद्यम गर्दै गरेको आदिलाई उनीहरूको उद्यमशीलताको सीपलाई अझ निखार्ने कार्य गर्दछ । यस कार्यक्रम मार्फत हालसम्म ५९० जनाले यो कार्यक्रममा भाग लिएको र ती मध्ये ५६५ जनाले तालिम सम्पन्न गरिसकेका छन्। ती मध्ये हालसम्म ५९ जनाले उद्यम स्थापना गरिसकेका छन्।
सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका, आफ्नाे उद्यम सुरु गरिसकेका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू यी दुईमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन्। वित्त व्यवस्थापन, संस्था व्यवस्थापन, परियोजना सञ्चालन तथ व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई तालिममा समावेश गरिएको छ । यसले गर्दा यो तालिम व्यवसाय शुरुवात तथा सञ्चालनमा मात्र सिमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकासस“ग समेत जोडिएको छ ।
यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै नवप्रवर्तन (Startup) लाई प्रवद्र्धन गरी कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुगेको छ । नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रवद्र्धन गर्न यो कार्यक्रमले निजी तथा सार्वजनिक शैक्षिक संस्था र समुदायबीचको रचनात्मक सामूहिकतालाई प्रवद्र्धन गर्ने प्रयास गरेको छ । दिगो विकास लक्ष्यका साथै नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्ताबेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष पौडेलले बताए ।
यो कार्यक्रम पूर्ण व्यावसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानी योग्य बनाउने तथा सानाभन्दा साना सीप र रोजगारी गरी जीवन निर्वाह गरिरहेका व्यक्तिहरूलाई पनि उद्यमी बनाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया